Prabhu Life Ad Final

व्याज र किस्ता जोहो गर्न खोज्दा शेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम ८९ करोडमा खुम्चियो

IME PAY
IME Life

काठमाडौं । साताको अन्तिम दिन शेयर बजारमा १०.८७ अंकको गिरावट देखिएको छ । लगानीकर्ताले व्याज, कित्ता र करको जोहो गर्न खोज्दा बजार लगातार घटिरहेको छ । मंगलबार/बुधबारदेखिनै बजार सुधार हुने विश्लेषण गरिरहदा लगानीकर्ताले व्याज किस्ता र कर जोहो गर्न खोज्दा आज थप सप्लाइ बढेको छ । सप्लाइ बढ्दा समग्र बजारमै गिरावट देखिएको हो ।

चैत अन्तिम सातादेखि सुधार हुने भन्दै केहि लगानीकर्ताले शेयर उठाउन थालिसकेका छन् । उनिहरुले शेयर उठाउन खोजे पनि ठुला लगानीकर्ताले सप्लाइ बढाउदा बजार माथि जान सकेको छैन । कतिपय लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा छन् भने कितपय लगानीकर्ताले थोरै थोरै गरेर शेयर खरिद गर्न सुरु गरिसकेका छन् ।

बिहीबार नेप्से सूचक १०.८७ अंकले घटेर १९०८.५५ अंकमा झरेको छ । ४९ वटा कम्पनीको शेयर मूल्यमा सुधार हुँदा १५७ वटा कम्पनीको शेयर मूल्यमा भने गिरावट आएको छ । होटल र म्युचुअल फण्डको सूचकमा सुधार देखिए पनि बाँकी सूचकमा गिरावट आएको छ । कारोबार रकम ८९ करोडमै सिमित भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS