काठमाडौं । आज नेप्शे परिसूचक १ दशमलव २ अंकले बृद्धि भई १९१९.४२ को विन्दूमा कायम भएको छ । आज ८१ करोड ६२ लाख १९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सकारात्मक सर्किट लाग्दै आज सबैभन्दा धेरै सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज कम्पनीको शेयर मूल्य प्रति कित्ता ५२० रुपैयाँ कायम भएको छ ।
यसैगरी आज कालिञ्चोक दर्शनको शेयर ९.९९ प्रतिशले बृद्धि भई प्रति शेयर मूल्य १८२ रुपैयाँ कायम भएको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर ५.१७ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७९३ रुपैयाँ कायम भएको छ । आज स्वाभलम्बन लघुवित्त वित्तीय संस्थाको शेयर ३.९५ प्रतिशतले बृद्धि भई प्रति शेयर मूल्य ७९० रुपैयाँ कायम भएको छ ।