Connect IPS
IME Life

माघ महिनाको लक्ष्य पुरा गर्ने नेशनल लाइफका अभिकर्ताले भ्रमण गरे घलेगाउँ

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुका लागि ३ रात ४ दिनको “घलेगाउँ भ्रमण कार्यक्रम ” सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०७९ माघ महिनामा संचालन गरेको अभिकर्ता मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको पर्यटकिय क्षेत्र घलेगाउँ भ्रमण गराउने र राष्ट्रिय चर्चित कलाकार सन्दिप क्षेत्रीसंग साक्षात्कार गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब २५० जना बरिष्ठ अभिकर्ताहरुलाई घलेगाउँ भ्रमण गराइएको थियो । घलेगाउँ भ्रमणका क्रममा तहाँको स्थानिय साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिनुका साथै मनोरम दृष्य अवलोकन समेत गराईएको थियो ।

Prabhu
Crest

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरुको घलेगाउँ भ्रमण कार्यक्रममा सहभागिता रहेको थियो । साथै, कलाकार सन्दिप क्षेत्रीसंग अभिकर्ताहरुलाई साक्षात्कार गराउने उदेश्यले घलेगाउँ भ्रमण पश्चात पोखरामा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा समापन कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सँधै प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराउँदै यस योजनामा छनौट भएका सम्पुर्ण अभिकर्ताहरुलाई बधाई ज्ञापन गरे ।

समापन कार्यक्रममा कलाकार सन्दिप क्षेत्रीको एकल मनोरञ्जानात्क प्रस्तुती रहेको थियो । उनको प्रस्तुतीबाट मनोरञ्जनका साथै आफूहरुको वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास सहभागि अभिकर्ताहरुले व्यक्त गरेका थिए साथै उनीहरुले नेपालका राष्ट्रिय चर्चित कलाकार संग साक्षात्कार गर्ने अवसर जुराइदिनु भएकोमा कम्पनी प्रति आभार समेत व्यक्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS