काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक लाख १४ हजार ८१३ कित्ता बिक्री गर्ने जनाएको छ । बैंकका विद्यमान संस्थापक बिनोदकुमार खेतानले एक लाख चार हजार ८१३ कित्ता र सुधा अग्रवालले १० हजार कित्ता बिक्रीका लागि निवेदन दिएका हुन् ।
शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले आउँदो ३५ दिनभित्र के कति कित्ता लिने हो र कति मूल्य चुकाउने हो खुलाएर निवेदन पेश गर्नुपर्नेछ । तोकिएमो म्यादसम्म पर्याप्त निवेदन नआए बैंकले अन्य व्यक्ति तथा संस्थालाई शेयर विक्री गर्ने जनाएको छ ।