काठमाडौं । समृद्धि फाइनान्सले युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । समृद्धि फाइनान्सको हेटौंडा शाखा कार्यालयले चैत्र ११ गते रोड हाउस रेष्टुरेन्टमा स्थानिय युवाहरु माझ र १२ गते बनेपा शाखा कार्यालयले बनेपा स्थित मिलिनियम कलेजमा विद्मार्थीहरु माझ युवा वर्ग लक्षित वित्तीय चेतनामुलक कार्यक्रम सम्पन्न गरेको हो ।
ग्लोबल मनि सप्ताहको सन्दर्भमा कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार भविष्यमा थप शाखाहरुबाट नियमित रुपमा विभिन्न वर्गहरु लक्षित वित्तीय चेतनामुलक कार्यक्रम आयोजना गरिने तालिका रहेको छ ।