GBIME
IME Life

महालक्ष्मी विकास बैंकद्वारा छाउपडी प्रथा उन्मूलन योजनामा सहयोग

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्ष देखि अनवरत रुपले गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको यस महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरर्गत सुदुरपश्चिमका अछाम, बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी, डडेलधुरा जिल्लाका ग्रामीण क्षेत्रहरुमा प्रचलित छाउपडी प्रथा उन्मूलनका लागि Action Works Nepal (NGO)द्वारा साञ्चालित “Chhaupadi & Menstrual Health Hygiene Management Project”लाई सफल बनाउन आर्थिक सहयोग प्रदान गर्ने भएको छ ।

छाउपडी प्रथाप्रति रहेको पुरातन विश्वास, मान्यता र प्रचलन विरुद्घ जनचेतना जगाउने र त्यस प्रथाबाट प्रत्यक्षरुपमा प्रभावित बालिका तथा महिलाहरुलाई स्वास्थ्य सेवा तथा पोषणका सम्बन्धमा जानकारी प्रदान गर्ने उद्देश्यले सञ्चलित यस योजना बैतडी जिल्लाको दिलासैनी गाँउपालिकामा करिब चार महिना सञ्चालन गरिने छ । उक्त योजना अन्तर्गत गाँउपालिकाका विभिन्न वडामा सामाजिक सचेतनाका कक्षाहरु, सडक नाटक, डेउडा नाच तथा स्थानीय स्रोतसाधाको प्रयोग गरी पुःन प्रयोग गर्न सकिने सेनीटरी प्याड बनाउने तालिम प्रदान गरिने छ । यसप्रकार छाउपडी प्रथाका विरुद्घ कार्यक्रमहरु गरी समुदाय स्तरमा जनचेतना जगाउने प्रयासमा सहभागिता स्वरुप बैंकले एनजीओलाई आर्थिक सहयोग प्रदान गरेको हो ।
आगामी दिनहरुमा पनि सामाजिक, आर्थिक रुपान्तरणका लागि विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु निरन्तर रुपमा सञ्चालन गर्ने कुरा बैंकले जनाएको छ ।

SKYWELL
Crest

 

अराजक बन्यो बीमा प्राधिकरण, अत्यावश्यक बीमा सेवा ठप्प पार्न निर्देशन काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइतबार सबै बीमकको नाममा जारी गरेको परिपत्रमा प्रत्येक त्रैमासको अन्त्यमा कम्तीमा २ दिन सेवा ठप्प...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS