IME Life
Beema Board

सगरमाथा लुम्बिनीमा चंकी क्षेत्रीलाई सिइओ बनाउन प्राधिकरणले दियो स्वीकृति

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्रीलाई नियुक्त गर्न स्वीकृति दिएको छ । मर्जर पछि बनेको सञ्चालक समितिले पुर्व सर्त अनुसार नै साविक सगरमाथा इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीलाई सिइओ बनाउने निर्णय गरेको थियो ।

यसरी मर्जर पछि प्रमुख कार्यकारी अधिकृतको सेवा सुविधा लगातका कुराहरुमा परिवर्तन आउने भएकाले नेपाल बीमा प्राधिकरणले स्वीकृति लिनु पर्ने व्यवस्था गरेको छ । क्षेत्रीले वार्षिक एक करोड २० लाख रुपैयाँ तलब भत्ता पाउने प्रस्ताव गरिएको थियो ।

Prabhu
Crest

क्षेत्रीले यस बाहेक नियम अनुसार बोनस सुविधा पाउने छन् । त्यसै कार्यमूल्याङ्कनका आधारमा थप इन्सेन्टिभ पनि प्राप्त गर्छन् । मर्जर अगाडी क्षेत्री साविक सगरमाथामा इन्स्योरेन्स कम्पनीमा २०७७ सालमा दोस्रो कार्यकालका लागि नियुक्त भएका थिए । दोस्रो कार्यकाल सकिनु अगाडी नै मर्जर सम्पन्न भएकाले उनले अव दुई कार्यकाल काम गर्न पाउने छन् ।

सगरमाथा इन्स्योरेन्स सुरु भएको तेस्रो वर्षदेखि सगरमाथामा जागिर सुरु गरेका क्षेत्रीले ६ वर्ष प्रमुख कार्यकारी अधिकृत भएर काम गरे । सगरमाथाको हरेक सफलता र उपलब्धीमा साक्षी रहेका क्षेत्रीले नेपालको निर्जीवन बीमा उद्योगमा अग्रणी व्यक्तित्व बनाइसकेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS