IME Life
Beema Board

मेट लाइफले मुनाफाबाट ३२ करोड ११ लाख लाभांश विदेश पठाउदै, अघिल्लो वर्षको सहित ४.४३ मिलियन डलर लैजाने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफ नेपालले माउ कम्पनी ‘अमेरिकन जीवन बीमा कम्पनी एलिको’लाई गत आर्थिक वर्षको मुनाफाबाट ३२ करोड ११ लाख २९ हजार ९०० रुपैयाँ मुनाफा दिने निर्णय गरेको छ । कम्पनीले मुनाफा वितरणका लागि नेपाल बीमा प्राधिकरणबाट स्वीकृति समेत प्राप्त गरिसकेको छ ।

कम्पनीले पछिल्लो अमेरिकी विनिमय दर अनुसार २.४३ मिलियन डलर मुनाफा दिने भएको हो । कम्पनीले गत आर्थिक वर्षमा ५९ करोड ६५ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

Prabhu
Crest

कम्पनीले अघिल्लो आर्थिक वर्षकै मुनाफा लैजान पाएको छैन । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीले २६ करोड ५० लाख रुपैयाँ लाभांश दिने स्वीकृति पाएको थियो । नेपाल बीमा प्राधिकरणबाट स्वीकृति पाए पनि नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति प्रदान नगरेकाले पैसा लैजान पाएको छैन । पछिल्लो विनिमयदर अनुसार कम्पनीले २ मिलियन डलर पठाउनु पर्नेछ । यसरी प्राधिकरणबाट स्वीकृति पाइएको दुई वर्षको लाभांशबाटै कम्पनीले ४.४३ मिलियन डलर पठाउनु पर्नेछ ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १० प्रतिशत अर्थात ५ करोड ९६ लाख रुपैयाँ प्राकृतिक विपद कोषमा जम्मा गरेको छ । त्यस्तै सामाजिक उत्तरदायित्व अन्तर्गत मुनाफाको एक प्रतिशत अर्थात ५९ लाख ६५ हजार रुपैयाँ छुट्टाएको छ । कर्मचारी वृत्ती विकासका लागि ९९ लाख ८६ हजार रुपैयाँ छुट्टाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS