Connect IPS
IME Life

सिद्धार्थ प्रिमियरको सिइओमा वैदवार नियुक्त, मर्जरको सुविधा अनुसार दुई जना सल्लाहकार सञ्चालक

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । मर्जर पछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । साविक सिद्धार्थ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत वैदवारले गएको फागुन १७ गतेदेखि नै लागु हुने गरी चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी पाएका हुन् ।

उनको यो कार्यकाल पहिलो मानिनेछ । नेपाल बीमा प्राधिकरणले मर्जरको सुविधा दिने क्रममा मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृतको कार्यकाल दोहोरिएको मानिने छैन भनेको छ । साविक सिद्धार्थले वैदवारलाई दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको थियो । यदि कम्पनी र उनको सम्बन्ध सौहार्द रह्यो भने उनले अव दुई कार्यकाल काम गर्न पाउने छन् ।

Prabhu
Crest

मर्जरका क्रममा सञ्चालकको व्यवस्थापन गर्न गाह्रो भएका खण्डमा नेपाल बीमा प्राधिकरणले सल्लाहकार सञ्चालक राख्न पाउने सुविधा प्रदान गरेको छ । उनिहरुले अन्य सञ्चालक सरह सेवा सुविधा पाउने छन् । यहि सुविधाको प्रयोग गर्दै सिद्धार्थ प्रिमियरले साविक प्रिमियर र सिद्धार्थका एक एक जना सञ्चालक नियुक्त गर्ने क्रममा सुमित कुमार केडिया र प्रभु कृष्ण श्रेष्ठलाई नियुक्त गरेको छ । उनिहरुको कार्यकाल अहिले तत्कालका लागि साधारणसभा नभएसम्मका लागि हुनेछ ।

प्राधिकरणले सुरुमा साधारणसभा नभएसम्मको लागि नियुक्त दिनेछ । यदि शेयरधनीहरु विचमा विवाद उत्पन्न भएमा प्राधिकरणले एक कार्यकाल थप गर्ने प्रावधान रहेको छ । मर्जरलाई सहजिकरण गर्नका लागि प्राधिकरणले बीमकहरुलाई यस्तो सुविधा प्रदान गर्दै आइरहेको छ ।

1679892504077

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS