काठमाडौं । नेशनल माइक्रोफाइनान्सको लाभांश फेरी संशोधन भएको छ । अब लघुवित्तले १५ प्रतिशत मात्र लाभांश बितरण गर्ने भएको छ । नेपाल राष्ट्र बैंकको निर्देशनपछि संस्थाले लाभांश घटाएको जनाएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३८ दशमलव ५ प्रतिशत बोनश शेयर बितरण गर्ने प्रस्ताव गरेको थियो । तर नेपाल राष्ट्र बैंकको निर्देशनपछि कम्पनीले ३४ दशमलव ४५ प्रतिशत बोनश शेयर मात्र बितरण गर्ने प्रस्ताव गरेको थियो ।
फेरी कम्पनीलाई नेपाल राष्ट्र बैंकबाट १५ प्रतिशत बोनश शेयर बितरण गर्नको लागि स्वीकृति पाएकाले अब संस्थाले १५ प्रतिशत मात्र बोनश शेयर बितरण गर्ने जनाएको छ ।
कम्पनीको उक्त संशोधित लाभांश आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
1679843689378