काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ । कम्पनीको माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको १६ प्रतिशत बोनश शेयर बराबर ३६ लाख ८८ हजार ६६० कित्ता शेयर नेप्सेमा सूचिकृत भएको हो । अब यस बोनश शेयर शेयरधनीको हितग्राही खातामा आएपछि दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।
नेप्सेमा शिखर इन्स्योरेन्सको बोनश शेयर सूचिकृत

