Prabhu Life Ad Final

प्राइम र गुँरासका कर्मचारीले सम्मानजनक समायोजनको माग गर्दै गराए ध्यानाकर्षण

IME PAY
IME Life

काठमाडौं । प्राइम र गुँरास लाइफमा कार्यरत कर्मचारीहरुले सम्मानजनक कर्मचारी समायोजनका लागि माग गर्दै ध्यानाकर्षण गराएका छन् । यी दुई कम्पनीका कर्मचारीहरुले मर्जरपछि कर्मचारीहरुको रोजगारी सुनिश्चितता लगाएत कर्मचारीले पाउने सेवा तथा सुविधामा सुािश्चितताको माग गर्दै संयुक्त मर्जर समितिलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

प्राइम, गुँरास र युनियन लाइफले अन्तिम सहमति पत्रमा सम्झौता गरि मर्जर प्रक्रिया अन्तिम चरणमा पुर्याएका छन् । गुँरास लाइफको साधारणसभा सम्पन्न भए लगत्तै यी तीन कम्पनीले हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट एकिकृत कारोबार गर्ने निर्णय गरेका छन् ।
पछिल्लो समय मर्जरमा गएका कम्पनीमा कार्यरत कर्मचारी समायोजनमा आएको समस्यालाई मध्य नजर गर्दै यी दुई कम्पनीका कर्मचारीले मर्जर ध्यानाकर्षण गराएका हुन् । उक्त ध्यानाकर्षण पत्रमा कर्मचारीहरुले खाई–पाई आएको तलब भत्ता सुविधा एंव सामुहिक सौदावाजीको माध्यमबाट प्राप्त हुँदै आएका सेवा सुविधा कटौती गर्न नहुने उल्लेख गरेका छन् । साथै कर्मचारीहरुका लागि सम्मानजनक, न्यायोचित स्वेच्छिक अवकासको योजना ल्याउनुपर्ने, मर्जर पश्चात कम्पनीको नयाँ बन्ने कर्मचारीको नयाँ बन्ने कर्मचारी विनियामवली बनाउँदा कर्मचारी संघको छलफल र सहमतिमा निर्माण गरिनुपर्ने उक्त ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS