Connect IPS
IME Life

युनियन लाइफको एक दिवसीय वर्कसप कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक दिवसीय वर्कसप सम्पन्न गरेको छ । प्रदेश स्तरीय कार्यक्रम अन्तर्गत कोशी प्रदेशको कार्यक्रम शनिबार बिर्तामोडमा सम्पन्न भएको हो ।

कम्पनीले फागुन महिनामा ल्याएको स्कीम अन्तर्गत तारे होटलको कार्यक्रम बिर्तामोडस्थित होटल किङ्स बेरीमा गरिएको प्रदेश प्रमुख भुपराज पराजुलीले जानकारी दिए । बजारको पछिल्लो अवस्था, मानिसहरुको मनसाय र बजारमा कसरी सहज पहुँच पुर्याउने भन्ने बिषयमा कम्पनीका मार्केटिङ हेड माधव शर्मा र प्रदेश प्रमुख पराजुलीले सहजीकरण गरेका थिए ।

Prabhu
Crest

कार्यक्रममा सहभागीहरुले आ–आफ्नो अनुभूति सुनाउने क्रममा बिर्तामोड शाखाका सिनियर एजेन्सी मेनेजर खिवराज दाहालले बीमा अभिकर्ता एक अब्बल दर्जाको पेशा भएको बताए । मानिसको आर्थिक सुरक्षा कसरी गर्न सकिन्छ भनेर उचित परामर्श दिनु नै अभिकर्ताको जिम्मेवारी भएको उनले सुनाए । त्यस्तै भद्रपुर शाखाका एजेन्सी म्यानेजर राजु पाठकले बीमा व्यवसाय पुण्यको काम हुनुका साथै अभिकर्ताहरुले राज्य कोषमा ठूलो योगदान दिएको बताए । अभिकर्ताहरुबाट कर स्वरुप राज्य कोषमा मोटो रकम जम्मा हुने गरेको उनको भनाई थियो । बीमा नबुझेका कारण बजारमा भ्रम सिर्जना भएकाले त्यसलाई चिर्नु पर्ने उनको धारणा थियो ।

कोशी प्रदेशका विभिन्न शाखाका प्रमुख र अभिकर्ताहरु सम्मिलित कार्यक्रममा बिर्तामोड शाखा प्रमुख बद्री भण्डारीले स्वागत गरेका थिए भने प्रदेश उपप्रमुख नविन मिश्रले सञ्चालन गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

80%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS