IME Life

मर्जरका विषयमा दुई नियामक धितोपत्र बोर्ड र प्राधिकरणका अध्यक्षहरुको फरक धारणा

SPIL
NIC ASIA

काठमाडौं । नेपालमा मर्जरको लहड चलिरहेको सन्दर्भमा नियामक निकायहरु विच धारणा बाझिन थालेको छ । संख्या धेरै हुँदा अस्वस्थ प्रतिस्पर्धा भयो भन्दै मर्जरको नीति अंगिकार गरेका नेपाल राष्ट्र बैंक र नेपाल बीमा प्राधिकरणको नीति प्रति नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले मर्जर हुँदैमा सफल नहुने बताएका छन् ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबारको शुभारम्भ कार्यक्रमलाई संबोधन गर्दै हमालले बैंकिङ क्षेत्रमा अधिकाम्स मर्जर सफल नभएको दाबी गरेका छन् । उनले थपे ‘तपाईहरुले के बुझ्नु पर्यो भने मर्जर हुँदैमा सफल हुँदैन । हामीले त्यसका लागि अझ बढी गृह कार्य गर्नु पर्छ ।’

Prabhu
Crest

आर्थिक संकटको सन्दर्भलाई जोडेर हमालले मर्जर पछि बैंक वित्तीय संस्थाको आकार ठुलो हुने र त्यसमा सानो समस्या आयो भने झन् जटिल रुप लिने संकेत गरेका हुन् । उनले अमेरिका र सिङ्गापुरमा दुई बैंक टाट पल्टिएको भन्दै नेपालमा पनि बैंकहरु जति ठुला भए त्यसले ल्याउने जटिलता झन भयावह हुने संकेत गरेका छन् ।

यदि मर्जर असफल भयो भने अहिलेको आर्थिक संकटको समयमा अझ ठुलो असर पार्ने उनको विश्लेषण छ । यसका लागि सबै जनाले अझ बढी गृहकार्य गर्नु पर्ने सुझाएका छन् । दुई फरक कल्चरबाट आएका कम्पनीका कर्मचारीहरुको संगममा सिनर्जी निकाल्नु सैद्धान्तिक रुपमा सम्भव भए पनि व्यवहारमा गाह्रो पर्ने उनको धारणा छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले भने बीमा क्षेत्रका लागि मर्जर सबै कुराको उपचार होइन तर धेरै कुराको उपचार भएको प्रतिकृया दिएका छन् । मर्जर सँगै कम्पनीको क्षमता बढ्ने उनले दाबी गरे । हमालको चुनौती पछि सिलवालले बीमा कम्पनीहरुलाई सिनर्जी आउने गरी काम गर्न निर्देशन दिएका छन् । मर्जर सँगै बीमा कम्पनीहरुको खर्च कटौती हुने हुँदा सिनर्जी आउने सिलवालको दाबी छ ।

हालसम्म बीमा क्षेत्रमा ६ वटा मर्जर सफल भएका छन् । निर्जीवन तर्फ आठवटा कम्पनीबीच मर्जर भई चारवटा र जीवनतर्फ चारवटा कम्पनीबीच दुईवटा मर्जर भइसकेकाे छ । यसले कम्पनीहरुको आकार मात्रै बढेको छैन । कर्मचारी तथा स्रोत साधन एकै ठाउँमा केन्द्रित भएका छन् ।

नेपाल राष्ट्र बैंकले पनि मर्जरको नीतिलाई कडाइका साथ अगाडी बढाउदा बैंकिङ क्षेत्रमा ठुला ठुला मर्जर भइरहेका छन् । मर्जर सँगै एउटै बैंक ३४/३५ अर्ब ठुला छन् । ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूको मर्जर पछि विग मर्जरका विषयमा बहस सुरु भएको छ ।

बैंकहरु हेर्दै ठुला र भद्धा देखिन थालेको भन्दै यसको व्यवस्थापन चुनौतीपुर्ण रहेको विश्लेषण हुन थालेको छ । ठुला ठुला कम्पनी मर्जर भएर झन् ठुला हुँदा त्यसलाई सञ्चालन गर्ने जनशक्ति पनि त्यहि किसिमको हुनुपर्ने विश्लेषकहरु बताउछन् । आजको दिनमा मर्जरपछि ग्लोबल आइएमई बैंकको कुल पूँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पूँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप ४ खर्ब ८ अर्ब रुपैयाँ,  कुल कर्जा ३ खर्ब ७६ अर्ब रुपैयाँभन्दा बढी हुन गएको छ ।

बीमा क्षेत्रमा पनि अहिलेसम्मको मर्जर खासै ठुला ठुला देखिदैन । बीमा आफैमा जोखिम बहन गर्ने क्षेत्र भएको हुँदा कम्पनीको क्षमता जति ठुलो भयो त्यति धेरै जोखिम लिन सक्ने क्षमता पनि बढि हुन्छ भनिन्छ । अव क्षमता बढ्दै गर्दा कम्पनीहरु आफैले बहन गर्ने जखिमको व्यवस्थापन कसरी गर्छ भन्ने कुरा हेर्न बाँकी छ ।

मर्जरको उद्देश्य पूँजी तथा व्यवसायलाई मात्रै संगाल्ने होइन कष्ट अफ फण्ड पनि घटाउनु हो । तर नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई कर्मचारी हटाउन तथा खाइपाइआएको सेवा सुविधा र पद घटाउन नपाउने व्यवस्था गरिदिएको छ । यसले गर्दा पनि कर्मचारी व्यवस्थापन अवको केहि समय चुनौतीपुर्ण हुन सक्ने देखिन्छ ।

अहिलेसम्मको मर्जरका क्रममा देखिने गरी धेरै ठुला गुनासा तथा उजुरी सहितका इस्यु नआएको सिलवालले दाबी गरे । उनले भने ‘काम गर्दा छिटपट कुराहरु त आइहाल्छ तर समाधान गर्नै पर्ने गरी ठुला इस्यु आएको छैन ।’ यहि इस्यु नआएको भन्दै सिलवालले मर्जर केहि हदसम्म सफल भएको उनको दाबी छ ।

नेपालमा कष्ट अफ फण्ड धेरै भएको हुँदा व्यवसाय गर्न गाह्रो परिरहेको अध्यक्ष हमालको धारणा छ । उनले भने ‘मर्जरको मुख्य उद्देश्य कष्ट अफ डुइङ विजनेस घटाउने हो ।’ नेपालको आर्थिक अवस्था राम्रो नभएको भन्दै बजारमा सुनिदै आएको कुराहरुबाट सचेत हुनु पर्ने हमालको सुझाव छ । उनले ‘आगामी दिनम अझै चुनौतिपुर्ण हुनेवाला छ । त्यसमा हामी सबैले हतास देख्नु पर्ने अवस्था छैन । तर हामी सचेत हुनै पर्छ ।’

हामी सबैले खर्च गर्ने प्रणालीलाई सच्याएर खर्च कटौती गर्नु पर्ने उनको धारणा रहेको छ । यसै क्रममा मर्जर पनि एउटा समाधानको उपाय रहेको हमालको धारणा रहेको छ ।

कोभिड पछि बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिदा बैंकहरु मात्तिदै ऋणीको घर घर पुगेर कर्जा लगानी गर्दा अहिले समस्या आएको उनले आरोप लगाए । नेपालको बैंकिङ प्रणालीमा अलिकति समस्या देखिने वित्तीकै हतारमा निर्णय लिने प्रवृत्तीले पनि असन्तुलन बढेको उनको धारणा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS