IME Life
Beema Board

बैंकका कर्मचारीले २०८० सालमा ३५ दिन विदा पाउने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले २०८० सालमा हुने बैंक विदाको सूचि प्रकाशित गरेको छ । राष्ट्र बैंकले विभिन्न चाडपर्व तथा अन्य विदासहित वर्षभरीमा कुल ३५ दिन विदा दिने भएको हो ।

बैंकले दशैं, तिहार, छठ, तिज, क्रिसमस लगायतका चडपर्वमा विदा तोकिएको हो । उक्त बिदामा बैंकले कर्मचारीलाई पुरा दिन विदा दिने निर्णय गरेको छ भने कुनै चाडपर्वमा आधादिन मात्र बिदा दिने निर्णय गरेको छ । साथै कुनै पर्वमा भने जातिगत वा क्षेत्रगत विदा दिने भएको छ ।

Prabhu
Crest

राष्ट्र बैंकले मौसम अनुरुप बैंकको काम गर्ने समय समेत छुट्याएको छ । बैशाख १ देखि कात्तिक १५ गतेसम्म र माघ १६ गतेदेखि चैत मसान्तसम्म बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यालय समय तोकेको छ । उक्त दिन कारोबार समय भने बिहान १० बजेदेखि बेलुकी

४ बजेसम्म तोकिएको छ । शुक्रबार भने विहान १० बजेदेखि अपरान्ह १ः३० सम्म मात्र कार्यालय खुल्नेछ ।
साथै २०८० कात्तिक १६ गतेदेखि माघ १५ सम्म कार्यालय समय १० बजेदेखि ४ बजेसम्म तोकिएको छ भने कारोबार समय बिहान १० बजेदेखि बेलुका ३ बजेसम्म तोकिएको छ । साथै प्रत्येक शुक्रबार बिहान १० बजेदेखि अपरान्ह १२ः३० बजेसम्म कार्यालय खुल्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रदेश सरकारले भने आ आफ्नो प्रदेशमा घोषणा गरेका बढीमा वर्षको ६ दिनसम्मको सार्वजनिक विदामा सम्बन्धित प्रदेशमा रहेका कार्यालयमा सार्वजनिक विदा हुनेछ । प्रदेश सरकारले आफ्नो प्रदेशभरी लागू हुने गरी ६ दिनभन्दा बढी सार्वजनिक विदा घोषणा गरेमा र काठमाडौं उपत्यकामा तीन जिल्लाको हममा गृह मन्त्रालयले निर्णय गरेबमोजिम विदा हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

14%

दु :खी

14%

अचम्मित

0%

उत्साहित

14%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS