IME Life
Beema Board

घट्दो ट्रेण्डमा तेस्रो त्रैमाशको थप दवाव, १८ अंकको गिरावटमा एक अर्ब ४१ करोडको कारोबार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । घट्दो ट्रेण्डमा रहेको शेयर बजारमा तेस्रो त्रैमाशले थप दवावमा पारेको छ । अर्थतन्त्रको विषयलाई लिएर सबै जना आत्तीरहेको सन्दर्भमा शेयर बजार पनि लगातार घटिरहेको छ । राजनीतिक वृत्तमा देखिएको अन्योलता विस्तारै समाधान हुँदै गइरहेको छ ।

तरल राजनीतिक अवस्थालाई धेरै हदसम्म राजनीतिकदलले समाधान गरिसकेका छन् । तर पनि सत्ता गठबन्धनले मन्त्रिपरिषद विस्तार गर्न सकेको छैन । यसै सन्दर्भमा सत्तासाझेदार नेपाली कांग्रेसले अझै पनि अर्थमन्त्री कसलाई बनाउने भनेर टुङ्गाउन सकेको छैन ।

Prabhu
Crest

यस बाहेक लगानीकर्ता, व्यापारी, व्यवसायी तथा आम सर्वसाधारण तेस्रो त्रैमाशिक अवधिको व्याज, किस्ता र कर जोहो गर्ने तरखरमा छन् । बैंक व्याज तथा किस्ताकै लागि आफु सँग भएको धेर थोर शेयर बिक्री गर्ने लगानीकर्ताको संख्या बढ्दै गइरहेको छ ।

बजार बढ्ने आशामा विगत एक डेढ वर्षदेखि लगानीकर्ता धर्यताका साथ बसिरहेका छन् । तर उनिहरुको धर्यता कहिलेसम्म टिक्ने हो टुङ्गो छैन । अहिलेको आर्थिक संकटको समयमा लगानीकर्ताले आफ्नो धर्यता गुमाएका खण्डमा शेयर बजार नै दुर्घटनामा पर्न सक्ने विश्लेषकहरु बताउछन् ।

शेयर बजारमा अझै दुई साता व्याज किस्ता र सावाको दवाव पर्ने देखिन्छ । त्यस पछि भने बजारमा सुधार देखिन थाल्ने लगानीकर्ताहरुको अनुमान छ । यदि यस अवधिमा बजार बढ्यो भने पुनः सेलिङ प्रेसर आउने र बजार बढ्न नसक्ने भन्दै लगानीकर्ताहरुले शेयर खरिद नगरी बसेका छन् ।

यसै सन्दर्भमा बिहीबार नेप्से सूचक १८.१५ अंकले घटेर १९१५ अंकमा झरेको छ । कारोबार रकम एक अर्ब ४१ करोडको भएको छ । आज १७९ वटा कम्पनीको शेयर मूल्य घट्दा २८ वटा कम्पनीको शेयर मूल्यमा भने उल्लेख्य सुधार देखिएको छ । मायाखोला हाइड्रोपावर र एशियन हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ ।

सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको मात्रै २१ करोड ७४ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS