IME Life
Beema Board

मकर जितुमायाको आइपीओ बाँडफाँड, कसले कति पाए ? यसरी हेर्न सकिने नतिजा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडले निष्काशन गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने व्यक्तिहरुको लागि निष्काशन गरेको ७,६०,००० कित्ता शेयर र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको लागि निष्काशन गरिएको १,५२,००० कित्ता शेयर बाँडफाँड गरेको हो ।

उक्त आइपीओ आज कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडको कार्यालय, कमलादीमा बाँडफाँड सम्पन्न भएको हो । स्थानियबासी दोलखा जिल्लाको गौरीशंकर गाँउपालिका र बिगु गाँउपालिकाका स्थाई बसोबास गर्ने स्थानियबासीको हकमा १० कित्ता देखि ९,९९० कित्ता सम्म आबेदन दिने आवेदकहरुलाई माग बमोजिम, ३,५१४ आवेदकहरुलार्ई जम्मा ६,७८,६०० कित्ता शेयरबाडफाँड गरेको जनाएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल सरकारको सम्बन्धित निकायवाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुको हकमा १० कित्ता देखि २,०१० कित्ता सम्म आबेदन दिने १५,०४१ आवेदकहरुलाई १० कित्ता, र २० कित्ता देखि २,०१० कित्ता सम्म आवेदन दिने १२,११७ जना मध्ये गोलाप्रथाबाट १५९ जनालाई थप १० कित्ता गरी जम्मा १,५२,००० कित्ता शेयर बाँडफाँड गरेको जनाएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com तथा सिडिएससिको वेवसाइट https://iporesult.cdsc.com.np बाट हेर्न सकिने व्यवस्था मिलाईएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS