IME Life
Beema Board

एनएमबि बैंकले ६७ हजार ६०७ कित्ता शेयर लिलामीमा विक्री गर्दै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एनएमबि बैंक लिमिटेडले ६७ हजार ६०७ कित्ता संस्थापकतर्फको शेयर सर्वसाधारणमा विक्री खुला गरेको छ। बैंकले चैत १६ गतेदेखि २३ गतेसम्म व्यक्तिगत संस्थापकहरूको नाममा रहेको उक्त शेयर विक्रीमा ल्याउन लागेको हो ।

शेयरको मूल्य प्रतिकित्ता १८० रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी इच्छुक विद्यमान संस्थापक शेयरधनी लगायत अन्य व्यक्ति तथा संस्थाहरूले तोकिएको अवधिभित्र गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडको कार्यालय, नागपोखरी, काठमाडौंमा पेस गर्नुपर्ने बैंकले जनाएको छ ।

Prabhu
Crest

बोलपत्र पेश गर्दा न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त बोलपत्र चैत २४ गते एनएमबि क्यापिटलको कार्यालयमा बिहान १० बजे खोलिने कार्यक्रम समेत तय गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS