काठमाडौं । मर्जर पछि सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ लोगो सार्वजनिक गरेको छ । साविक सानिमा लाइफ र रिलायन्स लाइफका लोगोलाई नै मिलाइएको छ । दुबै कम्पनीको अस्तित्व रहने गरी अक्षर, कलर र लोगोलाई संयोजन गरिएको छ ।
सानिमा लाइफको सानिमा सँगै सानिमाको कलरलाई उल्लेख गरिएको छ भने रिलायन्स लाइफको पनि रिलायन्स शब्द सँगै साविक रिलायन्सकै कलरलाई निरन्तरता दिइएको छ । सानिमा र रिलायन्स लाइफको विचमा साविकका लोगोलाई उल्लेख गरिएको छ । जसमा रिलायन्सको लोगो माथि सानिमाको लोगो उचालेको बनाइएको छ । साथै रिलायन्सको लोगोमा अंकित ‘खुलेर जिऔं’ भन्ने शब्दलाई निरन्तरता दिइएको छ । नाम र लोगोले साविकका दुई कम्पनीको अस्तित्वलाई निरन्तरता दिनुका साथै अपनत्व झल्काउने काम भएका छन् ।
उहि अवधिमा, उहि प्रकृतिका दुई कम्पनीको संयुक्त कारोबारले नेपालको जीवन बीमा क्षेत्रमा थप इट्टा थप्ने विश्लेषण गरिएको छ । जीवन बीमा क्षेत्रकै सालिन कम्पनीका रुपमा चिनिएका यि दुई कम्पनीले वास्तविक जीवन बीमालाई अभ्यास गर्दै आइरहेका छन् ।