IME Life

सन नेपाल लाइफले डाक्यो दुई आर्थिक वर्षको साधारण सभा, के-के छन् एजेण्डा ?

SPIL
NIC ASIA

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत २९ गते पाँचौ र छैठौं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो । उक्त सभा याक एण्ड यती होटल, दरबार मार्ग, काठमाडौंमा अपरान्ह ४ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले अघिल्लो आर्थिक वर्ष २०७७/७८ र गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले वार्षिक लेखापरिक्षणका लागि वर्तमान लेखापरीक्षक के.पि.आर एशोसियट्स, चाटर्ड एकाउन्टेन्टस् कृष्ण प्रसाद रेग्मी पुनः नियुक्त हुन योग्य हुने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभामार्फत छलफल र स्वीकृति गराई लेखापरीक्षक नियुक्ती हुनेछ ।

सभामार्फत प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा नियमनकारी निकायबाट संशोधनका सम्बन्धमा कुनै सुझाव वा निर्देशन भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गरिनेछ । कम्पनीको कर्पोरेट कार्यालयको ठेगाना परिवर्तनको विषय पनि सभाका लागि तय गरेको छ ।

नयाँ जीवन बीमा कम्पनीको रुपमा सञ्चालित यस कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने तयारी गरेको छ । सर्वसाधारणमा प्रतिकित्ता १ सय रुपैयाँ प्रिमियम वापत १५० दशमलव ५० थप गरी प्रतिकित्ता २५० दशमलव ५५ मा आइपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS