IME Life

सानिमा मिडिलको आइपीओ बाँडफाँड सम्पन्न, भाग्यमानी ८ जनाले पाए ११ कित्ता

SPIL
NIC ASIA

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आइपीओ आज बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान कम्पनीको आइपीओ बाँडफाँड गरेको हो ।

क्यापिटलका अनुसार कम्पनीको आइपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएकोले कुल योग्य आवेदकको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना मात्र रहेको क्यापिटलले जनाएको छ ।

Prabhu
Crest

आइपीओमा माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका १३ लाख ४८ हजार ३ सय ४२ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराएर शेयर बाँडफाँड गरिएको छ । जस अनुसार ४ लाख २४ हजार ८ सय ९३ जनाले शेयर पाएका छन् । यी मध्ये ८ जनाले ११ कित्ता शेयर पाएका छन् भने बाँकिले १० कित्ताको दरले शेयर पाएका छन् ।

कम्पनीले फागुन २६ गतेदेखि फागुन ३० गतेसम्म सर्वसाधारणलाई आइपिओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ४२ लाख ४८ हजार ९ सय ३८ कित्ता शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय,, विदेशमा रहेका नेपाली श्रमिक, सामुहिक लगानी कोष योजनाहरुलाई शेयर निष्काशन गरि बाँडफाँड सम्पन्न गरिसकेको छ ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाटको मिडिल तमोर हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS