IME Life

होण्डाको टेक्निसीयन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न

SPIL
NIC ASIA

काठमाडौं । होण्डाको होण्डा टेक्नीशियन स्कील कन्टेष्ट २०२३ भब्यताका साथ सम्पन्न भएको छ । होण्डाले आफ्नो डिलर नेटवर्कमा कार्यरत टेक्निसीयन हरुको शिप र दक्षता अभिवृद्धि गर्ने र विक्री पछिको सर्भिसको सेवा स्तर उत्कृष्ट बनाउने उद्देश्यका साथ हरेक वर्ष टेक्निसीयन स्की कन्टेष्ट संचालन गर्ने गरेको छ ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. सर्भिस डिभिजनको अगुवाईमा विभिन्न ५ वटा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरी प्रत्येक क्षेत्र वाट २÷२ जना छनोट भई राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी भएका थिए र सो प्रतियोगिता होण्डाको ट्रेनिङ्ग सेन्टर ग्वार्को ललितपुरमा सम्पन्न भएको हो । प्रतियोगिता अवधि भर सहभागी टक्निशियन हरु होण्डाको नियम तथा अनुशासन पालना गर्दै होण्डा स्ट्याडर्ट प्रोसिडियूर अन्तर्गत रहेर प्रतियोगितामा सहभागी भएका थिए ।

Prabhu
Crest

यस अघि विभिन्न मितिमा क्षेत्रिय प्रतियोगिता सम्पन्न गरेको र जस अन्तर्गत काठमाण्डौ बाट २ जना, बिराटनगर बाट २ जना, जनकपुुर बाट २ जना, पोखरा बाट २ जना र भैरहवा बाट २ जना प्रतियोगि हरु छनोट भई आएका थिए ।

स्याकार ट्रेडिङ्ग कम्पनी प्रा.ली. ले विगत देखि यस प्रकारको कार्यक्रम आयोजना गर्दै आएको छ । यस प्रकारको प्रतियोगिता बाट सहभागी टेक्निशियन हरुको कार्यदक्षता अभिबृद्धि हुनुको साथै आउदो दिनमा अझै कार्यकुशलताका साथ अघि बढ्न उत्प्रेरणा मिल्ने विश्वास गरिएको छ ।

प्रतियोगितामा प्रथम द्वितिय तथा तृतिय हुने प्रतियोगीहरुले नगद तथा प्रमाण पत्र प्राप्त गरेका थिए जस अन्तर्गत प्रथम पुरस्कार बज्रअटो महराजगन्जका केशव गजुरेल, द्वितिय पुरस्कार एसटीसी पोखराका झलेन्द ईटानि र तृतिय पुरस्कार नौदेवी मोटर्स् बिराटनगरका बिनोद शर्माले प्राप्त गरेका थिए साथै अन्य सहभागी हरुले प्रमाण पत्र प्राप्त गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न अतिथी हरुको उपस्थीतीमा पुरस्कार तथा प्रमाण(पत्र बितरण भएको थियो । नेपाल अटो मेकानिक्स ट्रेड युनियनका अध्यक्ष प्रदिप घिमीरे, नाडा नेपालका प्रकाश कपुरी लगायत स्याकार होण्डाका विभिन्न डिभिजन प्रमुख हरुको उपस्थीतीमा कार्यक्रम सम्पन्न भएको थियो । पुरस्कृत मेकानीकहरु तेश्रो हुनेले १५ हजार,दोश्रो हुनेले २० हजार र प्रथम हुने मेकानीकले ३० हजार नगद पुरस्कारका साथै प्रमाण पत्र प्राप्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS