काठमाडौं । आज सोमवार नेपाल स्टक एक्सचेञ्जमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको ५० लाख २८ हजार ७४१ दशमलव ९९ कित्ता र लुम्बिनी विकास बैंकको ९ लाख ८५ हजार २८७ दशमलव ७५ कित्ता बोनस शेयर सूीचकृत भएको छ ।
लुम्बिनी विकास बैंकको पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत बोनश शेयर सूीचकृत भएको हो । त्यस्तै शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको पुस २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १३ दशमलव ३० प्रतिशत बोनश शेयर सूचिकृत भएको हो ।
अव यी दुबै कम्पनीको बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले कारोबार गर्न सक्नेछन् ।