IME Life
GBIME

सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था लथालिङ्ग भयो: पूर्व गर्भनर चिरन्जीबी नेपाल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । पोखरामा लथालिङ्ग अर्थतन्त्र कहाँसम्म कहिलेसम्म विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त अन्तरक्रिया मार्फत देशको अर्थतन्त्रलाई सुधार गर्न नीतिगत सुधार गर्नुको विकल्प नभएकोमा सरोकारबालाहरुले जोड दिएका छन् । कार्यक्रममा वक्ताहरुले सरकार र नीति निर्माताहरुले तत्काल ध्यान दिनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पूर्व गर्भनर डा चिरन्जीवी नेपालले सरकारमा बस्नेहरुले ध्यान नदिँदा अर्थतन्त्रको अवस्था यस्तो भएको बताए । उनले यसको लागि नीतिगत सुधार गर्नुपर्ने बताए । ‘मैले धेरैपटक नियामक र नीतिगत तहमा भएकाहरु गम्भिर भएको जस्तो देखिँदैन् । अझै सरकार सुधार गर्न सचेत छैन्,‘ पूर्व गर्भनर नेपालले भने ।

Crest

उनले मौद्रिक नीतिमार्फत सरकारले अर्थतन्त्रलाई सुधार गर्नुपर्ने भन्दै मौद्रिक नीति राम्रो नभएसम्म सुधार हुन नसक्ने बताए । पूर्वगर्भनर नेपालले सबैले चाहेमा अर्थतन्त्र मात्र नभई देश नै सुधार हुनसक्ने भन्दै त्यसको लागि संकल्पका साथ अगाडि आउनुपर्नेमा जोड दिए । व्यापार व्यवसाय उत्थानका लागि पूरक बजेट ल्याउनुपर्नेमा उनले जिकिर गरे । ‘व्यापार व्यवसाय उत्थानका सप्लिमेन्ट बजेट ल्याएर राहत दिनुपर्छ । अहिले बैंकमा अधिक ब्याज हुँदा रकम लिन नचाहेको हुँदा यसमा ध्यान दिनुपर्नेछ,‘ उनले भने, ‘अहिले पैसा बाहिर बाहिर नै छ । त्यसलाई च्यानलमा ल्याउन पनि सप्लिमेन्टि बजेट ल्याउनुको विकल्प छैन् । यो सत्य हो ।‘

कार्यक्रममा राष्टिय स्वतन्त्र पार्टि नेपालका सांसद मनिष झाले देश तदर्थवादमा अल्झिएको हुँदा समस्या आएको बताए । उनले आफ्नो पार्टि सरकारमा हुँदा र आाफू स्वयं उद्यम क्षेत्रमा रहेको अनुभवले पनि अझ संकटतर्फ उन्मुख भएको बताए । ‘हामीकहाँ विश्लेषक धेरै तर विज्ञ कम भए र राजनीतिमा पनि त्यस्तै भएको छ । हामीले तदर्थवादलाई नहटाएसम्म समस्या घट्दैन् । हामीसँग योजनाहरु धेरै छन तर रणनीतिहरु केहि छैन्,‘ सांसद झाले भने । उनले देशमा सधै राजनीतिक योजनाहरु बन्ने गरेको तर अर्थतन्त्रका लागि कुनै योजनाहरु नबनेकोमा रोष प्रकट गरे ।

त्यसैगरी कार्यक्रममा पोखरा अनुसन्धान केन्द्रका सुजन रेग्मीले पूँजीगत खर्च नबढाएसम्म अर्थतन्त्र सुधार नहुने बताए । उनले पूँजीगत खर्च बढाउँदै सरकारले अर्थतन्त्र वृद्धि गर्न सुधारका कदम चाल्नुपर्ने बताएका थिए । उनले गण्डकी प्रदेशमा कृषि र पर्यटनको ठूलो संभावना रहेको बताए । कृषिलाई पर्यटनसँग जोडेर अभियान चलाउन सकिएमा प्रदेशको आर्थिक वृद्धिमा सकारात्मक सुधार हुने उनी बताउँछन् ।
रेग्मीले यसबाहेक प्रदेशमा जलविद्युत र पूर्वाधारमा समेत संभावना भएको भन्दै यसको लागि नीतिगत स्थीरता आवश्यक हुनेमा जोड दिए ।
यसैगरी नेपाल उद्योग बाणिज्य महासंघका वस्तुगत उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यापार व्यवसाय सुनसान भएको र सामान्य खर्च धान्न समेत कठिन भएको बताए । उनले बजार सुनसान भएको, उद्योगको उत्पादन घटेको रोजगारी कटौती भएको र खर्च धान्ने अवस्था नभएको बताए ।

‘हामीले सामान्य खर्च धान्नै सकेका छैनौं । अझ अहिलेको अवस्थामा बैंकको ऋण र ब्याजदर तिर्ने त कल्पना भन्दा बाहिरको कुरा हो,‘ उपाध्यक्ष श्रेष्ठले भने । उनले अर्थतन्त्र धरासायी भएको र बजार पिडामा बाँचिरहेको गुनासो गर्दै त्यसलाई समाधान गर्न नियामक र सरकारले तत्काल योजना ल्याउनुपर्ने माग गरे । यो समस्या कसले निराकरण गर्ने भनेर व्यवसायीहरु चिन्तित भएको उनले स्पष्ट पारे ।

‘बेस रेट तोकिसकेपछि फेरी बैंकहरुले प्रिमियम ब्याज तोकेर थप किन लिने? ब्याजदर १० प्रतिशत भन्दा धेरै गर्न हुँदैन र साना तथा मझौला व्यवसायीहरुका लागि अझ ब्याज घटाउनुपर्दछ,‘ उनले जोड दिए । श्रेष्ठले उद्योगी व्यवसायीहरुको हरेक समस्यासँग जुधेर आफू अगाडि बढिरहेको र नेपाल उद्योग बाणिज्य महासंघको आगामी नेतृत्व लिनका लागि अग्रसर भएको भन्दै त्यसमा सहयोग गर्न आग्रह गरेका थिए । उनले आगामी दिन युवाहरुकै भएको भन्दै उद्योगी व्यवसायीहरुलाई मार्गदर्शन गर्न अनुरोध गरेका थिए । श्रेष्ठले उद्योग व्यवसाय गर्ने र लगानी मैत्री वातावरणका लागि सँधै अग्रसर रहने स्पष्ट पारेका थिए ।

यस्तै उद्योगी किशोर श्रेष्ठले अहिले उद्यमीहरुको मन रोएको र कसरी उद्योग व्यवसाय चलाउने भनेर रुने अवस्थामा भएको बताए । उनले व्यवसायीहरुलाई आगामी २ वर्षसम्म बैंक ऋण र ब्याज तिर्न सहजता र सहुलियत दिनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरुले अहिलेको अवस्थामा व्यापार व्यवसाय गर्न कठिन भएको भन्दै त्यसमा सरकारले हेर्नुपर्ने सुझाब दिएका थिए । व्यवसायीहरुले अहिले बजारमा नगद अभाव हुँदा भएको वस्तु तथा सेवा समेत खपत नभएको भन्दै बजारमा सहजरुपमा नगद प्रवाह गर्नुपर्ने वातावरण र नीति आवश्यक भएको बताएका थिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS