Connect IPS
IME Life

बैंकहरुले ४४ अर्ब नाफा गर्दा कर्मचारीको हातमा ६ अर्ब १२ करोड बोनस, कुन बैंकको कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । बाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको माघ महिनासम्ममा ४४ अर्ब १२ करोड मुनाफा आर्जन गर्दा कर्मचारीका लागि भने ६ अर्ब १२ करोड छुट्ट्याएका छन् । बैंकहरु मध्ये सर्वाधिक धेरै नविल बैंकले ४ अर्ब १३ करोड मुनाफा आर्जन गरेको छ । बैंकले उक्त मुनाफाबाट कर्मचारीका लागि ६५ करोड ५९ लाख रुपैयाँ छुट्ट्याएका  छन् ।

एनआइसी एशिया बैंकले तीन अर्ब ६७ करोड मुनाफा आर्जन गर्दा कर्मचारीका लागि भने ५८ करोड ३९ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ । त्यस्तै ग्लोबल आइएमई बैंकले तीन अर्ब ५५ करोड मुनाफाबाट कर्मचारीका लागि ५४ करोड ३३ लाख रुपैयाँ छुट्ट्याएको छ ।

Prabhu
Crest

प्राइम, एनएमबी र स्ट्याण्डर्ड चार्टर्डले तीन ३० करोड भन्दा माथि रकम कर्मचारीको बोनसका लागि छुट्टाएका छन् । बोनस ऐन अनुसार मुनाफा गर्ने प्रतिष्ठानले मुनाफाको १० प्रतिशत कर्मचारीका लागि छुट्ट्याउनु पर्ने व्यवस्था गरेको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तथा विभिन्न कानुनी व्यवस्था गर्दै मुनाफाबाट कर्मचारीको वृत्ती, विकास, तालिम लगायतका क्षेत्रमा खर्च गर्नै पर्ने व्यवस्था गरिदिएको छ । यस्तो रकम एक आर्थिक वर्षको आधा भन्दा बढी समय काम गर्ने कर्मचारीले प्राप्त गर्न सक्छन् ।

बैंक वित्तीय संस्थाका कर्मचारीहरुले अधिकतम ६ महिनासम्मको बोनस प्राप्त गर्न सक्ने देखिन्छ । बैंकहरुको माघ महिनासम्मको कर्मचारी खर्च ३१ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । कर्मचारी खर्चका हिसावमा बैंकहरुले बोनसका लागि प्रोभिजनिङ गरेको रकमलाई हेर्दा न्युनतम एक महिनादेखि ६ महिनासम्मको बोनस प्राप्त गर्न सक्ने देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS