IME Life

सरकारमा कांग्रेस जाने निर्णयले शेयर बजारमा प्रभाव पार्न सकेन,सूचक सँगै कारोबार रकम घट्यो

SPIL
NIC ASIA

काठमाडौं । सरकारमा नेपाली कांग्रेस जाने निर्णयले पनि शेयर बजारलाई प्राभाव पार्न सकेन । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सँगै सत्ता गठबन्धनमा रहेका दलहरुले मन्त्री पठाउन सुरु गर्नेछन् । सोहि अनुसार अर्थमन्त्री नेपाली कांग्रेसको भागमा परेको छ ।

अर्थमन्त्री नेपाल कांग्रेसको भागमा परे पनि अझै को व्यक्ति अर्थमन्त्री हुन्छ भन्ने निर्णय हुन सकेको छैन । बजारमा पुरानै पात्र दोहोरिन सक्ने अनुमानले पनि शेयर बजारमा खासै सकारात्मक बनाउन सकेको छैन ।

Prabhu
Crest

अर्को तर्फ बैंक वित्तीय संस्थाले कर्जा र निक्षेपको व्याजदर घटाइसकेका छन् । विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्य विस्तारै घट्न थालिसकेको सन्दर्भमा अहिलेको चरम मूल्य बृद्धिलाई केहि राहत पुर्याउन सक्ने अनुमान गरिएको छ । सबै सूचकहरु सकारात्मक देखिए पनि सरकारले संकलन गरेको राजस्वको तुलनामा बजेट खर्च धेरै छ । यसले पनि लगानीकर्तामा आर्थिक संकट अझै पनि समाधान हुन सक्ने देखिदैन ।

साताको पहिलो दिन कारोबार सुरु हुने वित्तीकै सुधार हुन थालेको थियो तर सुधारको क्रम धेरै समय टिक्न सकेन । अन्तिममा नेप्से सूचक ६.९० अंकले घटेर बन्द भएको छ । नेप्से सूचक १९२६.४० अंकमा झारेको हो । प्राविधिक विश्लेषकहरुका अनुसार बजारको सबैभन्दा तल्लो टेकोमा पनि टिक्न नसके पछि बजार घटेको हो। कारोबार रकम पनि एक अर्ब ६ करोडमा सिमित भएको छ । यदि राजनीतिक घटना क्रमले साथ दियो भने बजार सुधार हुन्छ भन्ने अपेक्षा गरिएको थियो ।

प्रधामन्त्री प्रचण्डको सरकार र उनको सरकारमा नेपाली कांग्रेस जाने निर्णले पनि बजार सुधार हुन नसके पछि लगानीकर्ता चिन्ति बनेका छन् । आज १२७ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा ७४ वटाको मूल्य पनि घटेको छ ।

आज तीन वटा कम्पनीको शेयर मूल्य सर्वाधिक धेरै बढ्ने क्रममा सर्किट लागेको छ । होटल, हाइड्रोपावर, लगानी, निर्जीवन बीमा र व्यापरको सूचकमा सुधार देखिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS