IME Life

नेपाल पुनर्बीमाको बोनस शेयर ६ महिना वितिसक्दा पनि भएन सूचिकृत, नियामक निकाय मौन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर साधारणसभाबाट पारित भएको ६ महिना वितिसक्दा पनि दोस्रो बजारमा सूचिकृत हुन सकेको छैन । नेपाल पुनर्बीमाले गएको भदौ ३० गते सातौ वार्षिक साधारणसभाबाट चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर पारित गरेको थियो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ को दफा ४१ को उपदफा दुईमा साधारणसभाबाट पारित भएको ३० दिन भित्रमा नेपाल धितोपत्र बोर्डमा सूचिकरण गरिसक्नु पर्ने व्यवस्था छ । त्यस्तै नेपाल स्टक एक्सचेन्जले पनि प्रकृयाँ पुरा गरेर आएका कम्पनीको बोनस शेयर १५ दिन भित्रमा सूचिकरण गरिसक्नु पर्ने व्यवस्था छ ।

Prabhu
Crest

कानुनी रुपमा एक महिनामा सूचिकरण गरिसक्नु पर्ने व्यवस्था भए पनि बैंक वित्तीय संस्थाले २ महिना भित्रमा सूचिकरण गरिसक्ने गरेको पाइन्छ । यसरी एक दुई महिना भित्रमा सकिने कामलाई नेपाल पुर्बीमा कम्पनीले ६ महिना भन्दा बढी समय लगाएको छ ।

साधारणसभाबाट बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित हुने वित्तीकै कम्पनी रजिष्ट्रारको कार्यालयबाट अध्यावधिक गराउनु पर्छ । त्यस लगत्तै कम्पनीहरुले नेपाल धितोपत्र बोर्ड हुँदै सिडिएससी र नेपाल स्टक एक्सचेन्जमा सूचिकृत गराउन सक्छन् ।

यसरी लामो समय दोस्रो बजारमा सूचिकृत नगर्दा लगानीकर्ताहरु सबैभन्दा धेरै मर्कामा पर्छन् । नेपाल पुनर्बीमा कम्पनीका सचिव दामोदर भण्डारीका अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयबाट अध्यावधिक भएको र बाँकी काम चाँडै सद्धिने र नेप्सेमा छिट्टै सूचिकरण हुने बताए । उनका अनुसार नेपाल पुनर्बीमा कम्पनीले कम्पनी रजिष्ट्रारको काम सम्पन्न गरिसकेको छ । जवकी यो काम एक महिना भित्रमा सकिसक्छ । तर कम्पनीले ६ महिना यहि काममा विताएको छ ।

नविल बैंकले बोनस शेयर साधारणसभाबाट पारित गरेको २ महिना भित्रै नेप्सेमा सूचिकरण गरेको थियो । त्यस्तै नेशनल लाइफले पनि साढे दुई महिनामै बोनस शेयर दोस्रो बजारमा सूचिकृत गरेको थियो । तर सरकारी लगानीको नेपाल पुनर्बीमा कम्पनीको ६ महिना वितिसक्दा समेत अत्तो पत्तो छैन ।

कम्पनीले चुक्ता पूँजी ११ अर्ब ६५ करोडको ५ प्रतिशत अर्थात ५८ करोड २५ लाख रुपैयाँ बराबरको बोनस शेयर पारित गरेको थियो । कम्पनीले दोस्रो बजारमा ५८ लाख २५ हजार कित्ता बोनस शेयर सूचिकृत गर्नु पर्नेछ । शेयरधनीहरुले दोस्रो बजारलाई हेरेर कम्पनीको शेयर खरिद गरेका हुन्छन् । यस्तो अवस्थामा संस्थागत लगानीकर्ता तथा विश्लेषण गरेर खरिद बिक्री गर्ने लगानीकर्ताहरु सबैभन्दा धेरै मारमा पर्छन् । शेयर खरिद बिक्री गर्ने अधिकारी शेयरधनीको हो तर साधारणसभाबाट पारित भएको लाभांश समयमा दोस्रो बजारमा सूचिकृत गर्नु कम्पनीको कर्तव्य हो । नियाम निकाय नेपाल धितोपत्र बोर्ड तथा नेपाल बीमा प्राधिकरणले पनि यस्ता कुरामा कारबाही गर्न सक्नु पर्छ । कानुनमा भएको स्पष्ट व्यवस्थालाई पनि कार्यन्वयन गर्न नसक्नु नियामकको कमजोरी हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS