IME Life

अपरिष्कृत वित्तीय विवरणबाट भ्रमित बनाउदै बीमा कम्पनीहरु, हेर्नुहोस् कुनमा कति देखियो फरक

SPIL
NIC ASIA

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुले त्रैमाशिक रुपमा सार्वजनिक गर्ने वित्तीय विवरणबाट लगानीकर्तालाई भ्रमित पार्ने गरेको पाइएको छ । बीमा ऐन, संस्थागत सुशासन निर्देशिका लगायतका कानुनी व्यवस्था अनुसार कम्पनीहरुले हरेक त्रैमाशिक अवधि समाप्त भएको एक महिना भित्रमा अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्नु पर्छ ।

जीवन बीमा कम्पनीहरुको हकमा एक्चुरियल मूल्याङ्कन पछि मात्रै वास्तविक मुनाफाको गणना गर्न पाइने भएकाले अपरिष्कृत वित्तीय विवरणको तुलनामा धेरै फरक पर्न जान्छ । तर निर्जीवन बीमा कम्पनीहरुमा जीवन बीमाको जस्तो अवस्था रहदैन । तै पनि कतिपय निर्जीवन बीमा कम्पनीहरुले सुरुवाति अवस्थामा सार्वजनिक गर्ने अपरिष्कृत वित्तीयको तुलनामा लेखापरीक्षण प्रतिवेदन पछि धेरै फरक पर्ने गरेको छ ।

Prabhu
Crest

यहाँ गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाशिक वित्तीय विवरण र लेखापरीक्षण प्रतिवेदनमा उल्लेख भएको मुनाफालाई तुलना गरिएको छ । हाल निर्जीवन बीमा कम्पनीहरुले नियामकीय अवस्था अनुसारको लेखापरीक्षण प्रतिवेदन र एनएफआरएस प्रणाली अनुसारको छुट्टा छुट्टै वित्तीय विवरण तयार पर्दै आइरहेका छन् । त्यसैले निर्जीवन बीमा कम्पनीहरुले एकै वर्षको तीन थरी मुनाफा सार्वजनिक गर्दै आइरहेका छन् ।

बीमा कम्पनीहरुले सार्वजनिक गर्ने वित्तीय विवरणकै आधारमा दोस्रो बजारका लगानीकर्ताले आ-आफ्नो लगानी योजना बनाएका हुन्छन् । तर यसरी फरक फरक वित्तीय विवरण सार्वजनिक हुँदा शेयरधनीहरुलाई धोका हुने गरेको छ । आम मानिसहरुले सम्बन्धित कम्पनीको वित्तीय विवरण हेरेर नै विभिन्न रणनीति बनाउने गरेका छन् । बीमा कम्पनीहरु आफैले सार्वजनिक गरेका वित्तीय विवरणमा एकरुपता नआउदा कसरी विश्वास गर्ने भन्ने प्रश्न उब्जिएको छ ।

शिखर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाशिक अपरिष्कृत वित्तीय विवरणमा ४० करोड १४ लाख रुपैयाँ मुनाफा भएको देखाएको थियो । यसै आधारमा लगानीकर्ताले कम्पनीको लाभांश अनुमान लगाएका हुन्छन् ।

तर कम्पनीले लेखापरीक्षण सार्वजनिक गर्यो मुनाफा जम्मा २७ करोड ५० लाख रुपैयाँ मात्रै थियो । जुन १२ करोड ६४ लाख रुपैयाँले फरक परेको छ । त्यस्तै एनएफआरएस प्रणाली अनुसार २६ करोड ३९ लाख रुपैयाँ मात्रै छ । यस आधारमा अपरिष्कृत भन्दा १३ करोड ७५ लाख रुपैयाँले फरक पर्न गयो ।

यस पछिको ठुलो अन्तर साविक लुम्बिनी र प्रभु इन्स्योरेन्स कम्पनीमा पनि देखिन्छ । साविक लुम्बिनीले चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरण अनुसार १८ करोड ७३ लाख रुपैयाँ मुनाफा आर्जन गरेकोमा लेखापरीक्षण पछि १२ करोड ९८ लाख रुपैयाँमा झरेको छ । प्रभुले चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरणमा मुनाफा २३ करोड ७६ लाख रुपैयाँ थियो । तर लेखापरीक्षण पछिको मुनाफा जम्मा १८ करोड ६१ लाख रुपैयाँमा झर्यो ।

त्यस्तै साविक सगरमाथा इन्स्योरेन्स कम्पनीले चौथो त्रैमाशिक अवधिको अपरिष्कृत वित्तीय विवरणमा ४० करोड २२ लाख रुपैयाँ मुनाफ देखाएको थियो । लेखापरीक्षण पछि जम्मा ३७ करोड ४८ लाख रुपैयाँमा झर्यो । यहाँ २ करोड ७४ लाख रुपैयाँले फरक परेको देखिन्छ ।

आइएमई जनरलको पनि चौथो त्रैमाशिक वित्तीय विरणमा १७ करोड १२ लाख रुपैयाँ थियो । लेखापरीक्षण पछि १५ करोड ३ लाख रुपैयाँमा सिमित भयो । सगरमाथा इन्स्योरेन्स कम्पनी र साविक प्रिमियरको मुनाफामा पनि धेरै नै फरक परेको देखिन्छ । सगरमाथाले ४० करोड २२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको बताउदै गर्दै लेखापरीक्षण पछि ३७ करोड ४८ लाख रुपैयाँमा झर्यो । त्यस्तै साविक प्रिमियरको मुनाफा पनि ३६ करोडबाट ३५ करोडमा झर्यो ।

लेखापरीक्षण प्रतिवेदन अनुसार सर्वाधिक मुनाफा आर्जन गरेको नेको इन्स्योरेन्सको पनि थोरैले अन्तर देखिन्छ । कम्पनीले अपरिष्कृत वित्तीय विरणमा ५५ करोड एक लाख रुपैयाँ मुनाफा आर्जन गरेको जनाएको थियो । लेखापरीक्षण पछि नेकोको मुनाफा ५४ करोड ४८ लाख रहेको छ ।

घट्ने मात्र नभइ कतिपयको बढेको पनि छ । सिद्धार्थको ४ करोडले बढेर ३६ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन गरेको देखिन्छ । अजोड, नेपाल, युनाइटेड, प्रुडेन्सियलको मुनाफा अपरिष्कृत भन्दा लेखापरीक्षण पनि बढेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

33%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

33%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS