काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४४ अंकले घटेर १,९३८ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २५३ कम्पनीको ३७ लाख १६ हजार ६८४ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोड २१ लाखको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सानिमामाई हाइड्रोपावर कम्पनीको ७ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ४ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ४ करोडमाथिको शेयर कारोबार भएको छ ।