IME Life
Beema Board

आइएमई लाइफले प्रिमियममा आइपिओ निष्काशन गर्न बोर्डमा दियो निवेदन, प्राथमिक बजारबाट तीन अर्ब ३१ करोड उठाउदै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियममा आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १७६ रुपैयाँ प्रिमियम सहित प्रतिकित्ता २७६ रुपैयाँको दरमा एक करोड २० लाख कित्ता आइपिओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्ड सँग अनुमति माग गरेको हो ।

कम्पनीले एक करोड २० लाख कित्ता शेयर प्रति कित्ता २७६ रुपैयाँमा बिक्री गर्दा प्राथमिक बजारबाट तीन अर्ब ३१ करोड रुपैयाँ संकलन गर्नेछ । हाल कम्पनीको चुक्ता पूँजी २ अर्ब ८० करोड रुपैयाँ रहेको छ । प्राथमिक शेयर निष्काशन पछि चुक्ता पूँजी ४ अर्ब पुग्नेछ । १७६ रुपैयाँ प्रिमियम मार्फत कम्पनीको जगेडा कोषमा २ अर्ब ११ करोड रुपैयाँ जम्मा हुनेछ । यसरी प्रिमियम बापतकै रकमबाट कम्पनीले सजिलै बोनस शेयर दिएर पूँजी जुटाउन सक्नेछ । हाल कम्पनीको जगेडा कोषमा एक अर्ब रुपैयाँ रहेको छ । अहिले जगेडा कोषमा रहेको रकम र प्रिमियम सहित जगेडा कोष तीन अर्ब भन्दा माथिको रहनेछ ।

Prabhu
Crest

नेपाल बीमा प्राधिकरणले आइएमई लाइफ सहित रिलायबल नेपाल, सन नेपाल र सिटिजन लाइफलाई प्रिमियममा आइपिओ निष्काशन गर्ने अनुमति दिएको थियो । नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्ड विचमा प्रिमियममा आइपिओ निष्काशन गर्ने विषयमा धेरै पटक छलफल भइसकेको छ । स्रोतका अनुसार पछिल्लो समय धितोपत्र बोर्ड पनि प्रिमियममा आइपिओ निष्कान गर्न दिने पक्षमा रहेको पाइएको छ । तै पनि बोर्डले यस विषयमा अन्तिम निर्णय गरेको कुरा भने सार्वजनिक भइसकेको छैन ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS