IME Life
Beema Board

स्वेच्छिक अवकास आउने भन्दै कामै नगरी बसेका बीमा कम्पनीका कर्मचारी तनावमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मर्जरका क्रममा स्वेच्छिक अवकास ‘भिआरएस’ आउने भन्दै कामै नगरी बसेका बीमा कम्पनीका कर्मचारीहरुको तनाव बढेको छ । हालसम्म ६ वटा मर्जर सम्पन्न भइसकेका छन् । जस मध्ये सूर्यज्योति लाइफले मात्रै भिआरएसको सुविधा दियो ।

सूर्यज्योतिले जस्तै अन्य कम्पनीले पनि भिआरएस सुविधा दिने भन्दै एक तहका कर्मचारी कामै नगरी बसेका थिए । कम्पनीले भिआरएस ल्याइहाल्छ त्यस पछि बाहिरिने हो भन्दै आफ्नो सामान्य प्रफर्मेन्स पनि नगरी बसेका थिए । कतिपय शाखा प्रमुख तथा उच्च तहका कर्मचारीहरुहरुको व्यवसायिक बृद्धि सून्यमै झर्यो ।

Prabhu
Crest

यसरी कामै नगरी एक वर्षको पैसा आउने आशामा रहेका कर्मचारीहरु त्यतिवेला चकित परेर जतिवेला कम्पनीहरुले भिआरएस सुविधा नल्याउने निर्णय गरे । भिआरएस नलिकन कम्पनी छाड्दा कर्मचारीहरुलाई धेरै नोक्सान हुन्छ । लामो समयदेखि काम गरेका कर्मचारीले स्वेच्छिक अवकासको सुविधा मार्फत मोटो रकम हात पार्छन् । जुन रकमले केहि न केहि गर्न सकिने भन्दै उनिहरुले यस्तो मनस्थिति बनाएका थिए ।

यहि मनस्थितिका कारण कतिपय कर्मचारीको कार्यशैली नै परिवर्तन भएको छ । नियमित काम नगरी व्यवसायमै ध्यान नदिएका कर्मचारीहरुलाई नै असर पुर्याएको छ । अव उनिहरुको मूल्याङ्कन हुने वेलामा धेरै असर गर्नेछ । कतिपय कर्मचारीको तलब सुविधा प्रस्तुतिकरणका आधारमा निर्धारण हुन्छ । यस्तो अवस्थाका कर्मचारीहरु सबैभन्दा बढि प्रभावित हुने देखिन्छ ।

तर बीमा कम्पनीहरुले भिआरएस लागु गर्दा ठुलो रकम बाहिरिने देखे पछि यस्तो सुविधालाई निरन्तरता दिन नखोजेको देखिन्छ । मर्जर लगत्तै केहि समय कर्मचारी बढि देखिए पनि एक दुई वर्षमा समायोजन भइसकेको भन्दै उनिहरुले स्वेच्छिक अवकासको योजनाबाट पछाडी हटेको देखिन्छ । स्वेच्छिक अवकासका लागि खर्च गर्ने रकमले अर्को एक वर्ष कर्मचारी पाल्न पुग्ने भन्दै कम्पनीहरुले यस्तो नीतिबाट पछाडी हटेको देखिन्छ ।

केहि पुराना बीमा कम्पनी बाहेक सबै बीमा कम्पनीहरुमा युवा वर्गकै जमात बढि छ । जुन कर्मचारी आफैमा ट्रेण्ड र दक्ष छन् । अहिले भिआरएस दिएर अनुभवी र दक्ष कर्मचारीलाई विदाइ गर्नु भन्दा उनिहरुलाई नै निरन्तरता दिदा कम्पनीका लागि बढी लाभप्रद हुन्छ । अर्को तर्फ नयाँ कर्मचारी ल्याएर सिकाउनु भन्दा भइरहेकै कर्मचारीलाई काम लगाउनु बढि सहज पनि हुन्छ ।

केहि बीमा कम्पनीहरुले शाखा कार्यालय समेत मर्ज नगरी स्थानान्तरण गरेको देखिन्छ । दुई शाखाका कर्मचारीलाई एकै स्थानमा राखेर डम्प गर्नु भन्दा बरु यथा स्थानमा राखेर हुन्छ कि अर्को ठाउँमा स्थानान्तरण गरेर काम लिन खोजेको देखिन्छ ।

स्वेच्छिक अवकास त्यतिवेला जारी गरिन्छ जतिवेला कम्पनीले व्यवस्थापन खर्च धान्न सक्दैन भन्ने आकलन गरिरहेको हुन्छ । त्यस्तै पुराना कम्पनीमा धेरै उमेरका कर्मचारीको संख्या बढे पछि युवा जनशक्ति भित्र्याउन यस्तो योजना ल्याइन्छ । कतिपय कम्पनीमा न्युनतम शैक्षिक योग्यता पनि नभएका कर्मचारी धेरै भएमा र उनिहरुको बढुवा योग्यताले खाम्ने अवस्था नभएमा पनि उनिहरुलाई हटाउन स्वेच्छिक अवकास ल्याइन्छ । जवकी अहिले मर्जरमा गएका कम्पनीहरुमा त्यस्तो ठुलो संख्यामा कर्मचारी छैनन् । त्यसमा पनि बीमा कम्पनी अझै पनि ग्रोइङ फेजमै छन् । उनिहरु व्यवसाय विस्तारकै क्रममा रहेकाले आगामी वर्षमा थप कर्मचारीहरुको आवस्यकता पर्दछ । अहिले स्वेच्छिक अवसकार दिएर विदा गर्दै आगामी वर्षमा नयाँ कर्मचारी नियुक्ति गर्नु कम्पनीका लागि पनि लाभादायक हुँदैन । यसले पनि कम्पनीहरु यस्तो नीतिबाट पछाडी हटेका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

44%

खुसी

6%

दु :खी

28%

अचम्मित

0%

उत्साहित

22%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS