काठमाडौं । सिक्लेस हाइड्रोपावरले लाभांश सहित बुक क्लोज र साधारणसभाको मिति घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते दिनको ४ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कर प्रयोजन सहित १०.५२६ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश आगामी चैत २० गते सम्पन्न हुने १८ औं वार्षिक साधारणसभामा पेश गर्ने भएको छ । साधारणसभा प्रयोजनका लागि चैत १३ गते बुक क्लोज गर्ने भएको छ । चैत १२ गतेसम्म कायम शेयरधनीहरुले प्रस्तावित लाभांश पाउनुका साथै साधारणसभामा भाग लिन पाउने छन् । कम्पनीको दोस्रो बजारमा ४६० रुपैयाँमा कारोबार भइरहेको छ । कम्पनीले गत वर्ष मात्रै सर्वसाधारणका लागि आइपिओ जारी गरेको थियो ।