Connect IPS
IME Life

रामबजारमा लुम्बिनी विकास बैंकको थप एटिएमको उद्घाटन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पु-याउने उद्देश्यले मिति २०७९ फागुन २९ गते थप एक एटिएमको उद्घाटन गरेको छ । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको छ । साथै बैकले सेवा विस्तार गर्ने क्रममा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १० स्थित आफ्नो रामबजार शाखाबाट एटिएमसेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु-याउन पहल गरेको छ ।

उक्त एटिएमको उद्घाटन, कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँले गरेका हुन् । साथै उक्त कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिल राज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानिय व्यवसायी एवं भद्र–भलादमी, निक्षेपकर्ता लगायतको उल्लेखनीय उपस्थिती रहेको थियो ।

Prabhu
Crest

शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको उक्त कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनाल ले बैंकको संक्षिप्त चिनारी सहित स्वागत मन्तब्य राखेका थिए ।

बैंकले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजनालाई निरन्तरता दिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS