काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ६८ अंकले घटेर १,९५१ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबारहुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
शिवम् सिमेन्टको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।