काठमाडौं । सोमवार नेपाल स्टक एक्सचेञ्जमा चिलिमे जलविद्युत कम्पनी लिमिटेडको बोनश शेयर शेयर सूचिकृत भएको छ । कम्पनीको ५० लाख ६३ हजार ८४६ दशमल ०१ कित्ता बोनस शेयर सूचिकृत भएको हो ।
कम्पनीले पुस २२ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ७ दशमलव ५ प्रतिशत बोनश शेयर सूचिकृत गराएको हो । अब यो बोनश शेयर शेयरधनीले हितग्राही खातामा आएपछि कारोबार गर्न सक्नेछन् ।