काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा मर्ज भई आज फागुन २९ गते सोमबारदेखि एकिकृत कारोबार (एकिकृत निर्जीवन बीमा व्यवसाय) शुरु गर्दैछन् । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको नामबाट एकिकृत कारोबार गर्न लागेको जनाएका छन् ।
यी दुवै कम्पनीको फागुन ११ गते सम्पन्न साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । बीमा प्राधिकरणले फागुन १६ गते तथा नेपाल धितोपत्र बोर्डले फागुन २३ गते मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । कम्पनी रजिष्ट्रार कार्यालयले फागुन १९ गते एकिकृत कारोबारको स्वीकृति दिएको थियो ।
सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १००ः८० स्वाप रेसियोमा मर्जरमा जाने निर्णय गरेका हुन् ।