काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अंकले घटेर १,९७५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १८६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभनदा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । नविल डिवेञ्चरका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्त लगायतका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी आज गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले ६ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ६ दशलमव ३७ प्रतिशतका दरले गुमाएका छन् । नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।