Connect IPS
IME Life

अर्थतन्त्रका सूचकमा सुधार देखिदा समेत बढेन बजार, २६ अंकले घट्दा कारोबार रकममा सुधार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय सूचकमा सुधार देखिदा पनि शेयर बजारमा भने सुधार हुन सकेन । गत विहीबार नेप्से सूचक ५० अंकले सुधार हुँदा आज पनि बढ्ने अनुमान गरिएको थियो । तर लगानीकर्ताको अनुमान अनुरुप बजारमा सुधार भन्दा पनि ३० अंकले घट्यो ।

राष्ट्रपतिको निर्वाचन लगत्तै मन्त्रिपरिषद विस्तार हुने र बजार बढ्न सुरु गर्ने आकलन गरिएको थियो । तर ८ दलिय गठबन्धनले उपराष्ट्रपतिको निर्वाचन पछि मात्रै मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरे पछि आज बजार सुधार हुन सकेन ।

Prabhu
Crest

राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय सूचकमा मुद्रास्फिति बाहेर सम्पुर्ण सूचक सकारात्मक देखिएका छन् । वैदेशिक मुद्राको सञ्चितिदेखि लिएर रेमिट्यान्स पनि बढेको छ । तर बजारमा भने यसको भन्दा पनि राजनीतिक घटनाकै प्रभाव धेरै देखियो ।

आज नेप्से सूचक २६.८० अंकले घटेर १९७५.८९ अंकमा रोकिएको छ । कारोबार रकम एक अर्ब ६६ करोड नाघेको छ । जम्मा २६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिदा १८६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट देखिन्छ ।

शुभम पावरको शेयर मूल्यमा सर्वाधिक बढ्ने क्रममा सर्किटनै लागेको छ । केहि दिनदेखि सबैभन्दा धेरै शिवम सिमेन्टको कारोबार हुँदै आइरहेको छ । कम्पनीको आज ८ करोड २१ लाख रुपैयाँको खरिद बिक्री भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS