IME Life
Beema Board

युनाईटेड मोदीको साधारण सभा चैत्र २३ गते, यस्ता छन् ७ प्रस्ताव 

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले चैत्र २३ गते साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीले उक्त सभा अनलाइन माध्यमबाट पनि शेयरधनी सहभागी हुन सक्ने गरि हेरिटेज प्लाजामा आयोजना गर्न लागेको जनाएको छ । कम्पनीको फागुन २५ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३६८ प्रतिशत नगद लाभांश गरि कुल ७ दशमलव ३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरिक्षकको प्रतिवेदन सहितको आ।व। २०७८ /७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम अमित पाण्डेलाई चार बर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको जारी पूँजी बृद्धि गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । चैत्र ८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

1678429828925

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS