काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत पदमा ५ जना, सुपरभाइजर पदमा १० जना, सहायक पदमा १० जना र कनिष्ठ सहायक पदमा १५ जना गरी जम्मा ४० जना कर्मचारीको माग गरेको हो ।
संस्थाले आफ्नो विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । सो पदहरुमा आवेदन दिनको लागि उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाबाट प्लटु पास देखि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले चैत ५ गतेभित्र संस्थाको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।