काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । कम्पनीले क्रेडिट रिस्क हेड पदमा १ जना, अप्रेशन हेड पदमा १ जना, रिलेशनसिप म्यानेजर पदमा केहि र डिजिटल बिजनेश डिपार्टमेन्ट पदमा केहि संख्यामा कर्मचारीको माग गरेको छ ।
बैंकले आफ्नो हेड अफिस तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले फागुन २९ गतेसम्म कम्पनीको वेवसाईट मार्फत आवेदन दिन सक्नेछन् ।