काठमाडौं । आज शेयर बजार बढेका छ । आज नेप्से परिसूचक १४ दशमलव ४१ अंकले बढेर १,९५२ दशमलव ६६ को विन्दुमा कायम भएको छ । आज १६३ कम्पनीको शेयर मुल्य बढेको छ भने ४५ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २० करोडमाथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै साल्ट ट्रेडीङको शेयर कारोबार भएको छ । आज कम्पनीको १२ करोड ७ लखको शेयर कारोबार भएको छ ।
हिमालयन डिष्लिरीको ९ करोड ३९ लाख, छिमेक लघुवित्तको ५ करोड ४५ लाख शिवम् सिमेन्टको ३ करोडमाथिको शेयर कारोबार भएको छ ।