IME Life
Beema Board

नेप्सेमा पाँच कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा पाँच कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा प्रभु बैंक,सेञ्चुरी कमर्सियल बैंक, आईसीएफसी फाइनान्स, आधिँखोला लघुवित्त वित्तीय संस्था र फष्ट माक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनश शेयर सूचिकृत भएको हो । हिजो एकै दिन यी पाँ कम्पनीको बोनश शेयर सूचिकृत भएको हो ।

प्रभु बैंकको ८२ लाख ६० हजार ६५७.७१ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ६ दशमलव५० प्रतिशत बोनश शेयर सूचिकृत भएको छ ।

Prabhu
Crest

सेञ्चुरी कमर्सियल बैंकको ४५ लाख ३८ हजार १०६ दशमलव ८७ कित्ता बोनश शेयर नेप्सेमा सूचिकृत भएको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरेको ४ दशमलव ७५ प्रतिशत बोनश शेयर सूचिकृत भएको छ ।

आइसिएफसी फाइनान्सले पुस २९ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनसश शेयर वापत ५ लाख ६३ हजार ५५८ कित्ता बोनश शेयरसूचिकृत गराएको हो ।

त्यस्तै फर्ष्ट माइक्रोफाइनान्स लघुवित्तले पुस ३० गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनश शेयर वापत १८ लाख ३२ हजार ५३५.५६ कित्ता बोनश शेयर सूचिकृत गराएको हो ।

आँधिखोला लघुवित्तले माघ १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३० प्रतिशत बोनश शेयर वापत ३ लाख ५७ हजार कित्ता शेयर सूचिकृत गराएको हो ।

यी तीन वटै कम्पनीको बोनश शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

60%

खुसी

0%

दु :खी

0%

अचम्मित

20%

उत्साहित

20%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS