IME Life
Beema Board

हिमालयन व्रुअरीले ल्यायो नेपाली बजारमा प्रिमियम बियर “हिमालयन”

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिजी होल्डिङ्स अन्तर्गतको अल्को–वेभ डिभिजन हिमालयन व्रुअरीले प्रिमियम बियर “हिमालयन” नेपाली बजारमा ल्याएको छ । लोकप्रिय “होली चाड” लाई लक्षित गरी सो बियर नेपाली बजारमा ल्याएको हो । गोदावरीको मुहानको पानीलाई प्रशोधन गरी उत्पादन गरिने यो बियर स्प्रिङ वाटर प्रयोग भई उत्पादन भएको बियर हो ।

चुनिएको उत्कृष्ट युरोपेली हप्स र टु–रो माल्टबाट बनेको यो बियरको स्वाद अरु बियर भन्दा नयाँ र रिफ्रेशिङ्ग भएको कम्पनीले जनाएको छ । “फर द वन हु डेयरस्” नारामा लन्च भएको सो बियरमा ६ प्रतिशत अल्कोहल रहेको कम्पनी ले जनाएको छ । यो बियरको प्रिमियम फिचर र स्वादलाई युवा पुस्ताले मन पराउने बिश्वास कम्पनी लिएको छ ।

Prabhu
Crest

कम्पनीका अनुसार, “अहिलेको प्रतिस्पर्धी बियर बजारमा ग्राहकहरुले नयाँ नयाँ स्वादका बियर रुचाउने गर्दछन । हिमालयन बियर को प्रिमियम फिचर र अलग स्वाद नेपाली बियर पारखीको रोजाईमा पर्ने हामी विस्वस्त छौं ।”

हिमालयन बियर ३३० एम।एल। र ६५० एमएल बोतलमा उपलब्ध हुनेछन । यस बियर को ६५० एमएलको बोतलको मूल्य ३१० रुपैयाँ र ३३० एम।एल।को बोतलको मूल्य १६५ रुपैयाँ कायम गरेको छ।

हिमालयन व्रुअरीले नेपाली बजारमा आइसबर्ग, निन्जा, काठमाण्डौ र कमाण्डो जस्ता बियर ब्रान्डहरुको उत्पादन गर्दै आएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS