IME Life
Beema Board

एभरेष्ट बैंकद्वारा नेपाल प्रहरी – एभरेष्ट बैंक छात्रवृत्ती अक्षय कोष स्थापना

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एभरेष्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छात्रवृत्ती अक्षय कोष स्थापना गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी कल्याण कोष बिच २५ लाख मात्र को “नेपाल प्रहरी – एभरेष्ट बैंक अक्षय कोष” को स्थापना गर्ने सम्बन्धमा बैंक र नेपाल प्रहरीबीच सम्झौता भएको हो ।

नेपाल पुलिस स्कुलहरुमा अध्ययन गर्ने अमर/सहिद एवम् अशक्त, अवकाश प्राप्त, प्र.का.स. देखि प्र.व.ह. दर्जा सम्मका उत्कृष्ट अंक प्राप्त गर्ने नेपाल प्रहरीका सन्ततीहरुलाई उत्प्रेरणा स्वरुप जेहेन्दार छात्रवृत्ति प्रदान गर्ने उद्देश्यका साथ उक्त कोष स्थापना गरेको हो ।

Prabhu
Crest

उक्त कार्यक्रममा नेपाल प्रहीका प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृतसुदेश खालिङको उपस्थितिमा नेपाल प्रहरी कल्याण कोषका प्रहरी वरिष्ठ उपरिक्षक केदार ढकाल र बैंकका नायब महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गरेका हुन् । सो कार्यक्रमा नेपाल प्रहरीका उच्च पदस्थ अधिकारीहरुका साथै बैंकका तर्फबाट बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख श्री पुष्प राज उप्रेतीको समेत उपस्थिति रहेको थियो ।

सो समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले उक्त स्थापना गरिएको अक्षय कोषबाट नेपाल प्रहरीका अमर/सहिद एवम् अशक्त, अवकाश प्राप्त अधिकारीहरुका सन्ततीहरुलाई स्थापित अक्षय कोषले शैक्षिक जिवन उन्नत बनाउने विश्वास व्यक्त गरे ।

पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेको यस बैंकमा हालसम्म करिब १३ लाख भन्दा बढी ग्राहकहरु रहेका छन् । देशैभरी छरिएर रहेको आफ्नो १२४ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६० एटिएम सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS