काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ३० दशमलव ७७ अंकले घटेर १,९३८ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १९६ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज दिनभरिमा २५९ कम्पनीको ३८ लाख ३२ हजार ४५९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३९ करोड २३ लाख ५४ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै हिमालयन डिष्टिलरीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको ५ करोड ४८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एशियन लाइफको प्रोमोटर शेयर ३ करोड ८९ लाखको कारोबार भएको छ ।