Connect IPS
IME Life

ठुला लगानीकर्ताको बजार घटाएर खरिद गर्ने रणनीति, शेयर बजारको ‘डाउन फल’ कहिलेसम्म ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । राजनीतिक उचारचढावमै ठुला लगानीकर्ताले शेयर बजारमा ठुलो चलखेल गरेका छन् । बजार प्रतिको कमजोर सेन्टिमेन्टमा खेल्दै ठुला लगानीकर्ताहरुले थोरै थोरै कित्ता बाटै शेयर बजार घटाइरहेका छन् । बजारका खेलाडीहरुले धमिलो पानीमा माछा मार्ने काम गरिरहेको शेयर लगानीकर्ता संघका उपाध्यक्ष तारा फुलेलले बताए ।

राष्ट्रपतिको निर्वाचन पछि राजनीतिक कार्यदिशा स्पष्ट हुने र धमिलो माछामा पानी मार्ने काम बन्द हुने उनको तर्क छ । आजको सूचक यस अवधिको वियरिस ट्रेण्डको तल्लो विन्दु रहेको बजार विश्लेषक फुलेल बताउछन् ।

Prabhu
Crest

यहि फागुन २५ गते राष्ट्रपतिको चुनाव हुँदैछ । राष्ट्रपतिको चुनाव लगत्तै मन्त्रीमण्डल विस्तार हुनुका साथै मन्त्रिहरुको नाम पनि टुङ्गिनेछ । जसरी गएको १५/२० दिनदेखि सरकारबाट नेकपा एमाले बाहिरिने, अर्थमन्त्री विष्णु प्रसाद पौडेल बाहिरिने भन्ने समाचारले बजार घटेको थियो । यसले गर्दा शेयर बजारमा करिव २८० अंक हाराहारीको गिरावट आयो । अर्थमन्त्रीमा पौडेल आउने चर्चा भएदेखि बढ्ने थालेको नेप्से सूचक ३५० अंक भन्दा धेरैले सुधार भयो ।

विष्णु पौडेल अर्थमन्त्रीमा नियुक्त हुँदाकै अवस्थामा शेयर बजार तल झरिसकेको छ । बजार धेरै नै तल्लो विन्दुमा झिरिसकेकोले पनि अव सुधार हुन थाल्ने विश्लेषकहरु बताउछन् । यस अवधिमा बैंक व्याजदर घट्ने, तरलता सहज हुने संकेतहरु देखा पर्न थालिसकेको हुँदा अवका दिनमा बजार बढ्ने उनिहरुको राय छ ।

बजार कति माथिसम्म पुग्छ भन्ने अनुमान गर्नका लागि भने अव बन्ने अर्थमन्त्री र गभर्नर महाप्रसाद अधिकारीको सम्बन्ध कस्तो हुन्छ भन्ने कुराले निर्धारण गर्नेछ । अहिलेसम्म अर्थमन्त्रीमा नेपाली कांग्रेसबाटै जाने चर्चा छ । यस अवधिमा नेपाली कांग्रेसबाट प्रकाश शरण महत, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखकदेखि लिएर गगन थापासम्मको चर्चा हुने गरेको छ ।

अव बन्ने अर्थमन्त्री र गभर्नर अधिकारीको राम्रो ट्युनिङ बन्यो भने शेयर बजार धेरै माथि पुग्नेछ । अन्यथा बजार सुधार हुन अझै एक वर्ष कुर्नुको विकल्प छैन । अर्थमन्त्रीबाट विष्णु पौडेल हट्ने छनक पाउने वित्तीकै गभर्नर अधिकारीले लघुवित्तको निर्देशिकामा खेलेका थिए । उनले आगामी दिनमा राष्ट्र बैंको पोलिसी मार्फत शेयर बजारलाई कत्तीको प्रभावित पार्छन् भन्ने कुरा आगामी दिनमा आउने अर्थमन्त्रीको हाइटमै भर पर्नेछ । यदि गभर्नर प्रति अर्थमन्त्री हाबी भए भने शेयर बजारले सकारात्मक गति लिने छ तर गभर्नर नै अर्थमन्त्री प्रति हाबी भए भने बजार सुधार हुने आशा हराउनेछ ।

लगानीकर्ताको मनोविज्ञान कमजोर हुनुको अर्को कारण पछिल्ला दिनमा बैंक वित्तीय संस्था प्रति आम सर्वसाधारण  तथा केहि समुहको गलत अभ्यास र प्रवृत्ती पनि हो । व्याज र किस्ता तिर्नु नपर्ने हो कि भन्ने प्रलोभनमा उनिहरु आन्दोलनका लागि सडकमा उत्रिएका छन् । यसले भोलिका दिनमा बैंकको मुनाफामै हिट गर्नेछ । अर्को तर्फ ऋणीहरु सडकमा उत्रिदा साच्ची नै अर्थतन्त्र कमजोर भएको हो भन्ने प्रश्त आम मानिसमा उब्जिएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से सूचक ३२ अंकले घटेर १९३०.७७ अंकमा झरेको छ । सूचक सँगै कारोबार रकम एक अर्ब ३९ करोडमा सिमित भएको छ । आज कारोबार सुरु हुने वित्तीकै केहि सुधारको संकेत देखिए पनि टिक्न सकेन । आज साढे २ बजेसम्म दोस्रो बजारमा खासै कारोबार थिएन । तर अन्तिम समयमा घटेको मूल्यमा शेयर खरिद गर्ने हाबी भएका छन् ।

आइतबार १९६ वटा कम्पनीको शेयर मूल्यमा गिरावट आउदा १८ वटा कम्पनीको शेयर मूल्यमा भने सुधार देखिन्छ । सुपर माइ हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक बढ्ने क्रममा सर्किट लागेको छ । हिमालयन डिष्ट्रिलरीको कारोबार सर्वाधिक धेरै भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

17%

खुसी

0%

दु :खी

0%

अचम्मित

17%

उत्साहित

67%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS