काठमाडौं । दूधको मूल्य बढेको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले दुधको मूल्य ९ रुपैयाँले बढाउने निर्णय गरेको हो । हाल दुधको मूल्य प्रतिलिटर ५६ रुपैयाँ ५ पैसा छ । अब दुधको मूल्य प्रतिलिटर ६५ रुपैयाँ ५ पैसा पुगेको छ ।
राष्ट्रिय दुग्ध विकास बोर्डले प्रतिलिटर १० रुपैयाँले मूल्य बढाउन सिफारिस गरेको थियो । बोर्डले प्रति लिटर १० रुपैयाँले मुल्य बढाउन भनेपनि सरकारले भने ९ रुपैयाँले मात्रै मूल्य बढाएको छ ।