SKIP THIS

MLBL
IME Life
Beema Board

आजदेखि बिपिडब्लु लघुवित्तको आइपीओ विक्री खुला, कति कित्ता आवेदन दिँदा ठिक ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणमा आइपीओ जारी गर्दैछ । कम्पनीले जारी पूँजी ३ करोड रुपैयाँको ३२ दशमलव ३३ प्रतिशतले हुन आउने प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ९७ लाख रुपैयाँ बराबरको ९७ हजार कित्ता शेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारका लागि विक्री गरेको आइपीओ बाँडफाँड गरेपछि सर्वसाधारणमा खुला गरेको हो ।

कम्पनीले कम्पनीले १ हजार ५०० कित्ता शेयर कर्मचारीहरू तथा ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर ८० हजार ९५० कित्ता आइपीओ सार्वजनिक निष्काशन गरेको हो ।

Prabhu
Crest

सर्वसाधारण शेयरधनीहरूले छिटो अवधि फागुन २३ गतेसम्म र सो अवधिसम्म मागबमोजिम आवेदन नपरेमा ढिलो अवधि चैत २ गतेसम्म विक्रीको मिति तय गरेको छ । यो आइपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तर कम्पनीको आइपीओ १० कित्ता आवेदन दिदा ठिक हुन्छ ।

आइपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्ने इक्राएनपी इस्यूअर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ ।

विक्री प्रबन्धकसँगै धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS