Connect IPS
IME Life

नेपालको बीमा क्षेत्रमा ४ वटा मर्जर सफल, ८ कम्पनी चार वटामा झर्दा अझै १३ कम्पनी प्रक्रियामा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली बीमा क्षेत्रमा एकपछि अर्को मर्जर सफल हुँदै आइरहेको छ । बीमा प्राधिकरणले ल्याएको पूँजी बृद्धि योजना सँगै हकप्रद निष्काशनमा रोक लगाउदा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले आफ्नो पार्टनर खोज्दै भकाभक मर्जर गर्दै आइरहेका हुन् । बीमा क्षेत्रमा हालसम्म ४ वटा मर्जर सफल भइसकेका छन् । आजदेखि सिद्धार्थ इन्स्योरेन्स कम्पनी र प्रिमियर इन्स्योरेन्स कम्पनी मर्जर भएर सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीको नाममा एकिकृत कारोबार शुरु गरेका छन् । यो निर्जीवन बीमा क्षेत्रको तेस्रो सफल मर्जर हो । यो निर्जीवन बीमा तर्फको हालसम्मकै सबैभन्दा ठुलो मर्जर हो।

त्यस्तै, हिमालयन इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जर भएर हिमालयन एभरेष्ट बनेका छन् । सानिमा जनरल र जनरल इन्स्योरेन्स मर्जर भई सानिमा जिआइसी बनेका छन् । यता जीवन बीमा तर्फ सूर्या र ज्योति लाइफले लाइफ तर्फको पहिलो मर्जरको इतिहास रचेका छन् । दुई कम्पनी मर्जर भएर सुर्यज्योति लाइफ भएको छ ।

Prabhu
Crest

हाल १३ वटा कम्पनी मर्जरको प्रक्रियामा रहेका छन् । हाल मर्जरको सहमति पत्रमा निर्जीवन तर्फ आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स, सगरमाथा र लुम्बिनी, अजोड र यूनाइटेडले हस्ताक्षर गरेर प्रक्रिया अगाडी बढाएका छन् । यस अघि प्रभु र अजोडले मर्जरको लागि सहमति गरेका थिए । यी दुई कम्पनीको केही दिनअघि मर्जर भाडिएर फेरी अजोड र यूनाईटेडले एक हुने प्रक्रिया अगाडी बढाएका हुन् ।

त्यस्तै जीवन तर्फ महालक्ष्मी र प्रभु लाइफ, सानिमा र रिलायन्स लाइफ र तीन कम्पनीहरु यूुनियन, प्राइम र गुराँस लाइफले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेर आवश्यक प्रक्रिया अगाडी बढाइरहेका छन् । गुराँस लाइफले अघिल्लो आर्थिक वर्षकै लेखापरीक्षण सम्पन्न गर्न नसक्दा एकिकृत कारोबारमै ढिलाइ हुने भएको छ ।

सानिमा र रिलायन्स लाइफ

सानिमा लाइफ र रिलायन्स लाइफ मर्जरको लागि अन्तिम चरणमा पुगेका छन् । यी दुई कम्पनीले यही फागुन १२ गते वार्षिक साधारण सभा सम्पन्न गरी मर्जरको प्रस्ताव पारित गरेका हुन् । दुई कम्पनीले गत असार २९ गते प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

कर्मचारी समायोजनको विषय, शाखा समायोजनको विषयमा कुरा टुङ्गिसकेको छ । हाल सानिमाको चुक्ता पूँजी २ अर्ब ८ करोड रुपैयाँ छ भने रिलायन्सको २ अर्ब १० करोड रुपैयाँ रहेको छ । मर्जरपछि कम्पनीको चुक्ता पूँजी ४ अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।

महालक्ष्मी र प्रभु लाइफ
प्रभु लाइफ इन्स्योरन्स कम्पनी र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी विच असरा ३० गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर भएको भएको थियो । दुबै कम्पनी विचमा बराबरी हैसियतमा मर्जरको सहमति भएको हो । सहमपत्रमा प्रभु लाइफका अध्यक्ष सुवास अमात्य र महालक्ष्मी लाइफका अध्यक्ष मनोरञ्जन रमण शर्माले हस्ताक्षर गरेका थिए । मर्जर पछि बन्ने कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड’ रहनेछ ।

मर्जर पछि बन्ने कम्पनीले सर्वसाधारण र संस्थापकको शेयर संरचना मिलाउन एफपिओ निष्काशन गर्नु पर्नेछ । अहिलेको अवस्थामा मर्जर हुँदा संस्थापक शेयर पूँजी ८५ प्रतिशत हुनेछ भने सर्वसाधारण शेयर पूँजी १५ प्रतिशत हुनेछ । त्यसैले कम्पनीले कम्तिमा पनि ३० प्रतिशत कायम गर्न ९० लाख कित्ता एफपिओ जारी गर्नु पर्नेछ ।

युनियन, गुराँस र प्राइम लाइफ

जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा पहिला यि नै तीन वटा कम्पनीले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । तीन वटै पक्षले गत बैशाख २९ गते सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । यी तीन कम्पनीले बराबरी हैसियतमा मर्जरमा जाने निर्णय गरेका हुन् ।

सगरमाथा र लुम्बिनी जनरल

सगरमाथा र लुम्बिनी जनरलले गएको असार ३० गते १०० कित्ता बराबर ८० कित्ताको अनुपातमा मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । दुबैले डिडिए प्रतिवेदन तयार पारिसकेका छन् । गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट सगरमाथा र लुम्बिनी इन्स्योरेन्सले नै लाधांश घोषणा गरेका थिए । यी दुई कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरी लाभा.श समेत पारित गरिसकेका छन् ।

आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्स

आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले एकआपसमा गाभ्ने गाभिने सम्बन्धि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपाल बीमा प्राधिकरणको कार्यालयमा अध्यक्षको समुपस्थितिमा दुवै कम्पनीका संचालक समितिका अध्यक्षहरू लगायत संचालकहरू र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा सम्झौता भएको थियो । उक्त सम्झौता अनुसार दुवै कम्पनी एकआपसमा गाभिए पश्चात वन्ने कम्पनीको नाम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमती भएको छ । मर्जर सम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारण सभामा लगिनेछ । दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमती एव डिडिए रिपोर्ट समेतको आधारमा आईएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर अनुपात क्रमश १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

अजोड र यूनाइटेड
अजोड इन्स्योरेन्स कम्पनी र युनाइटेड इन्स्योरेन्स कम्पनीले पनि मर्जरको लागि प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका छन् । दुई बीमा कम्पनीले पुस २७ गते मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । युनाइटेड र अजोड विच १००ः९० को अनुपातमा मर्जरमा जाने प्रारम्भिक सहमति भएको छ । मर्जर पछि कम्पनीको नाम युनाइटेड अजोड रहनेछ । अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत भने अजोडकै हुने छन् ।

बीमा प्राधिकरणले दुई कम्पनीलाई गत पुस २९ गते प्रारम्भिक सहमति सहितको पत्र दिएको हो । अव दुई कम्पनीले मर्जरका लागि आवस्यक कानुनी प्रक्रिया अगाडी बढाउने छन् । सबैभन्दा पहिला मर्जरको लागि डिडिए गराउनु पर्नेछ । डिडिए पछि मर्जरको विशेष प्रस्ताव विशेष साधारणसभा आह्वान गरेर सहमति लिनु पर्नेछ ।

 

 

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

8%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

17%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS